नेपालमा पनि यस्तो काम शुरु गरे कसो होला ? - Aarthiknews
aarthiknews.com विहीबार, ०५ मंसिर २०७६   Thursday, 21 November, 2019
 
Bajaj_Bike

नेपालमा पनि यस्तो काम शुरु गरे कसो होला ?

  • समिर प्रसाद अधिकारी
    समिर प्रसाद अधिकारी
  • सोमबार, १८ कार्तिक २०७६
Sunrise bank
नेपालमा पनि यस्तो काम शुरु गरे कसो होला ?
CTZN Bank
LBEF
NCH-IPS

क्यानाडा । दसैं तिहार छट सकिएसँगै हामी फेरी आफ्नो आफ्नो दैनिक कार्य तिर लागेका छौ। ठूला ठुला चाडपर्वमा मात्र होइन अरु बेला पनि हामी धेरै खाने कुराहरु फाल्ने गर्छौ । त्यसो त विश्वमा नै आवश्यकभन्दा धेरै सामान खरिद गर्ने र कहिल्यै पनि प्रयोग नगरि सडाएर फ्याक्नु कुनै नौलो कुरो हैन ।

अहिले शहर भरी खुलेका सुपरमार्केटहरुले त झन हाम्रो किनमेल गर्ने बानी ह्यात्तै बढाएको छ । र, चाडपर्वमा हामी आवश्यकताभन्दा धेरै सामान  खरिद गर्ने गर्छौ र सबै किनेका खानेकुराहरु प्रयोग गर्छौ भन्ने छैन । यस्तो अवस्थामा हामीले थोरै भएपनि आफूले प्रयोग नगर्ने खानेकुराहरु दान गर्न सकेदेखि मान्छेको खान पाउने अधिकार धेरै हदसम्म पुरा गर्न सकिन्थ्यो । 

चाडै बिग्रिने खानेकुराहरु दान गर्न सकिदैन । जस्तो खानेकुराहरु, तरकारीहरु लामो समयसम्म राख्न मिल्दैन । त्यसैले चाडो नबिग्रिने खाने कुराहरु दाल, चामल, चाउचाउ , बिस्कुटका पारिकार, पास्ता, विभिन्न मर्मसलाहरु, प्याकेटका खानेकुरा, पिठो, जुस, साग, पिडालु तथा आलुबाट बनेका सुक्खा तरकारी, तथा अरु सुक्खा खानेकुरा लामो समय रहने भएकोले दान गर्न सकिन्छ ।  

लगाउने लुगा र जाडोबाट बाँच्न  ओड्ने लुगा कपडा त झन धेरै सजिलैसँग दान गर्न सकिन्छ । नफाटेका, नयाँ तथा लगाउन मिल्ने लुगाहरु, जुत्ता, चप्पल, ज्याकेट , कोट, टोपी, मफ्लार तथा अन्य लुगा  आफूले प्रयोग नगरने भएमा सफा गरी  दान गर्ने बानी हामी सबैले बसल्न पाए लुगा फेर्न नपाउने लाखौं बालबालिकाहरु र  अन्य मानिसहरुको जीवन थोरै भएपनि सजिलो हुन्थ्यो। सक्ने परिवारले आफ्न बच्चालाई धेरै लुगा कपडाहरु खरिद गरिदिन्छन तर विश्वमा अझै पनि लाखौं बाल्बालिकाहरु एक जोर लुगा फेर्न बर्षौओ पर्खिन्छन । 

काठमाडौं मै पनि साधारण एक जोर कपडाको जोहो गर्न नसक्ने हजारौं परिवारहरु छन । हुनेले खरिद गरेर नलगाई खेर जाने यस्तो खालका कपडाहरु दान गर्ने बानी बसाल्न सके हँदा खाने र हुनेखानी बीचको यस्तो ठूलो खाडल थोरै भएपनि पुर्ति गर्न हामी सबैको दान गर्ने बानीले धेरै सहयोग गथ्र्यौ होला । हुन त नेपालमा दान लिने र दिनेको बिच तालमेल त्यती मिलेको पाइदैन । किनकी दान दिने ठूलो र लिने सानो भन्ने सन्किन मानसिता हामी धेरै नेपालीहरुमा अझै पनि छ । त्यसैले कसले दिएको र कसले दिएको कस्ले लियो भन्ने कुरा को पत्तो नहुने गरी पनि एस्तो व्यबस्था मिलाउन सकिन्छ । 

नेपालमा विभिन्न कलेज, स्कुल, सरकारी कार्यालय, अरु विभिन्न कार्यालयहरुमा ठूला ठूला दान पेटिका हरु राख्न सके सजिलै सामाग्रीहरुको सडह तथा त्यहिबाट वितरण गर्न सकिन्छ । विभिन्न सुपरमार्केटहरुले पनि मानिसहरु निस्किने ढोकामा दान पेटिका राख्न सकिन्छ । यसरी राखिएको बक्समा किनमेल गरेर फर्किदै गरेका ग्राहकहरुले थोरै मात्रामा केहि नबिग्रिने खानेकुरा खसाई दिन्छन । धेरै ग्राहकले थोरै थोरै दिदा पनि धेरै हुन्छ र  यसलाई सन्कलन गरेर बितरन गर्न सकिन्छ । स्कुल र कलेजका विद्यार्थीहरु पनि यस्तो राम्रा काममा भाग लिन सक्छन। 

विकसित देशहरुमा जो सुकै चाहे धनी होस् या गरिब सबैले दान गर्ने र आफुलाई आवश्यकता हुने समानहरु लिने गर्छन् । आफुलाई आवश्यक पर्दा जे पनि लिएर चलाऊने र आफु दिन सक्ने भएपछि फेरी दिने गर्छन् । सजिलै नबिग्रिने खानेकुराहरु यस्ता दान पेटिकामा हालिदिन्छन र यसलाई एक मुस्ठ रुपमा दान संकलन गरेर बिना शुल्क वितरण गर्ने गरिन्छ ।

यसरी सजिलै वितरण गर्नको लागि ठाउँ ठाउँमा फुड बैंकहरुको स्थापना गरिएको हुन्छन, जहाँबाट थोरै आय भएका जो कोहिले पनि आफुलाई चाहिएको खानेकुरा लिएर जान्छन । कतिपय ठाउँमा दानबाट संकलन गरिएका सामान, लत्तकपडा, किचनको सामानहरु, र फर्निचर धेरै सस्तोमा बेच्ने गरिन्छ  र यसका ग्राहकहरु धनीहरु पनि हुन्छन । 

त्यती मात्र नभै सामाजिक सस्थाहरुले घर घरबाट खानेकुराको संकलन गरेर वितरण गर्ने गर्छन् । घर घरमा गएर एउटा प्लास्तिक र सानो खाममा यो बेला यो दिन बाहिर देख्ने ठाउँमा राखिदिनु भन्ने सूचना दिन्छन र त्यो तोकिएको दिन आएर बटुल्ने गर्छन् । घर बाहिर पोको रखिन्छ र यसलाई स्वोएम्सेबकहरुले बटुलेर लैजाने गर्छन् । 

नेपालमा पनि यसरी आफूले सदूपयोग गर्न नचाहेका र खेर जाने खानेकुरा, लत्ताकपडा, र काम लाग्ने जुनसुकै प्रकारका सामानहरुलाई दान दिन सके एउटा राम्रो र सहयोगी, तथा बराबर समाजको कल्पना  गर्न मद्दत पुग्ने थ्यो कि ?

प्रतिक्रिया दिनुहोस