नबिल बैंकद्वारा ३४ प्रतिशत लाभांश घोषणा - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

नबिल बैंकद्वारा ३४ प्रतिशत लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
Sunrise bank
नबिल बैंकद्वारा ३४ प्रतिशत लाभांश घोषणा
LBEF
NCH-IPS

काठमाडौं । नबिल बैंकले ३४% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र २२ % नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण सुरु गर्ने जनाएकाे छ । गत वर्ष पनि नबिलले १२% बोनस सेयर र २२% नगद गरी ३४% लाभांश वितरण गरेको थियो । 

बैंकले १ अर्ब ८ करोड १४ लाख २१ हजार ४०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ अर्ब ९८ करोड २६ लाख ५ हजार ९०० रुपैयाँ नगद लाभांश बाँड्ने भएकाे छ । 

प्रतिक्रिया दिनुहोस