aarthiknews.com सोमबार, २२ असार २०७७   Monday, 06 July, 2020
 
Citizen life

सकियो महराको बयानः आफु कोठामा नगएको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ कार्तिक २०७६
Sunrise
HIb
सकियो महराको बयानः आफु कोठामा नगएको दाबी
LBEF

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतसमक्ष आफुमाथिको अभियोग अस्वीकार गरेका छन् । 

जिल्ला अदालत काठमाडौंमा बयान क्रममा उनले आफु नयाँ बानेश्वर २६ (परिवर्तित नाम) को कोठामा नगएको र उनीमाथि बलात्कारको प्रयास नगरेको दाबी गरेका हुन् । जिल्ला अदालतका एक नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा बयान दिँदै महराले आफ नयाँ बानेश्वर २६ को कोठानजिकै गएको स्विकारेको अदालत स्रोतले बतायो। 

कोठाबाहिर गए पनि उनले कोठाभित्र नपसेको र पीडितलाई पनि नभेटेको दाबी गरेका छन् । महरासँगको बयान शुक्रबार सकिएको छ। जिल्ला अदालत काठमाडौंका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारदेखि थुनछेक बहस सुरु हुने र त्यसपछि आदेश हुने बताए। 

थुनछेक आदेशले मुद्दाको किनारा नलागुन्जेल आरोपितलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश दिनेछ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिनेछ । 

३ वर्षभन्दा बढी कैद मागदाबी गरिएको मुद्दामा अदालतले पुर्पक्ष थुनामा राख्ने आदेश दिन सक्छ । तर आरोपितविरुद्धको प्रमाण गम्भीर नभएमा अदालतले धरौटी वा साधारण तारेखमा समेत छाड्ने आदेश दिन सक्छ । निरन्तर सुनुवाइको निवेदन परेकाले थुनछेक आदेशलगत्तै मुद्दाको सुनुवाइसमेत हुन सक्नेछ । 

बलात्कार प्रयासको संवेदनशील आरोप लागेकाले मुद्दामा पीडित र साक्षीको संरक्षणका लागि बन्द इजलासमा सुनुवाइ भइरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस