‘भ्रमण वर्षमा पर्यटकको संख्या नपुगे पनि आधार तयार गर्छ’ - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

‘भ्रमण वर्षमा पर्यटकको संख्या नपुगे पनि आधार तयार गर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
Sunrise bank
‘भ्रमण वर्षमा पर्यटकको संख्या नपुगे पनि आधार तयार गर्छ’
LBEF
NCH-IPS

पर्यटन क्षेत्रमा दुई दशकदेखि क्रियाशील बच्चुनारायण श्रेष्ठ टानका पूर्वउपाध्यक्ष र पर्यटन क्षेत्रको विकासकाएक अभियान्ता हुन् । अहिले उनलाई सरकारले नेपाल भ्रमण वर्ष २०२० को परामर्शदातामा  नियुक्त गरेको छ । 

सरकारले पर्यटन क्षेत्रमा नयाँ आयाम थप्नका लागि आयोजना गरेको नेपाल भ्रमण वर्षको तयारी कस्तो छ, यसका चुनौती के हुन् र सम्भावना के छ भन्ने बारेमा आर्थिकन्युज डटकमका लागि प्रजिता पौडेलले श्रेष्ठसँग गरेको कुराकानी ।

तपाईं भर्खरै नेपाल भ्रमण वर्ष सन् २०२० को परामर्शदातामा नियुक्त हुनुभएको छ, लामो समय पर्यटन व्यवसायमा क्रियाशील तपाईंले आफ्नो भूमिकालाई कसरी पूरा गर्छु भन्ने लागेको छ ?

मसँग तपाईंहरूले सोचेको भन्दा पनि धेरै विश्वास छ । लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील रहँदै आएको हुनाले पर्यटन क्षेत्रलाई न्याय गर्ने मात्रै होइन नेपालको पर्यटन क्षेत्रको विकास गरी नेपालको ग्रामीण भूगोलका जनताले पनि पर्यटन क्षेत्रमार्फत आर्थिक रूपान्तरणको फाइदा लिन पाउनुपर्छ भन्ने मेरो मान्यता छ । 

कतिपयले के पनि भन्ने गर्छन् भने तपाईंलाई भ्रमण वर्षका संयोजक सुरज वैद्यको विकल्पको रूपमा ल्याइएको हो, यसमा कतिको सत्यता छ ? 
सुरज वैद्य सर नेपाल भ्रमण वर्ष कार्यक्रमको राष्ट्रिय संयोजक नै हो । हामी उहाँकै टिममा बसेर नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागि काम गर्न आएका हौं, अन्यथा केही होइन । भ्रमण वर्ष सचिवालयको उहाँ हाम्रो नेता हो । हामी कार्यकर्ताको हैसियतले यहाँ विभिन्न काम गरी सन् २०२० लाई सफल बनाउन आएका हौं । 

अब सन् २०२० शुरू हुन दुई महिनामात्रै बाँकी छ । तर, भ्रमण वर्षको तयारी नै पुगेको छैन भनिन्छ नि ? 
तयारी सन् २०२० भित्र नै गर्दा पनि केही फरक पर्दैन । सन् २०२० भित्र नै हामी विभिन्न कार्यक्रम सञ्चालन गर्दै छौ ।  तयारी केमा पुगेन भन्ने कुरा चाहिँ ठूलो कुरा हो । प्रोमोसनको कुरामा केही कमजोरी रहेछ भने त्यसलाई अगाडि बढाउने हो । भ्रमण वर्ष सफल बनाउन हामी मात्र लागेर हुँदैन । सबै मान्छेले आफ्नो भित्री मनदेखि नै नेपाल भ्रमण वर्ष मेरो पनि हो भनेर सोच्ने हो भने सफल हुन्छ । हामीले अहिलेसम्म गर्दै आएको कार्यक्रम नेपाल भ्रमण वर्षकै कार्यक्रम हो । 

देशभित्र होस् या देश बाहिर होस् नेपाल भ्रमण वर्षको सचिवालयले ठूला कार्यक्रमदेखि साना कार्यक्रमलाई एकदमै तयार पार्दै आइरहेको छ । त्यसैले तयारी पुगेन भन्ने होइन । तयारी पुगेको छ, काम गरिरहेका छौं । सचिवालयदेखि लिएर सबै सरोकारवाला लागि परिरहनु भएको छ । 
हामी सन् २०२० को जनवरीको १ तारिखमा भब्यताका साथ विश्व जगतलाई नेपाल भ्रमण वर्ष शुरू भयो भनेर जानकारी दिन्छौ । नपुगेका तयारी भ्रमण वर्षमा पनि गर्दै जान्छौ भ्रमण वर्षको लागि कुनै पनि काम बाँकी राख्दैनौ । 

सबै तयारी पुगेको छ भन्नुभयो २० लाख पर्यटक भित्र्याउन कतिको सम्भव छ ? 
हामी २० लाखको हाराहारीमा पुग्छौं । सकेसम्म हाम्रो प्रयास भनेको आमनेपाली र पर्यटकलाई माया गर्ने सबैले साथ दिए भने २० लाख पुर्याउने मात्र होइन हामी नघाउछौ भन्ने हो ।  

केही गरी प्राविधिक कुराले २० लाख पुगेन भने पनि हामीले सन्तोषजनक रूपमा नेपाल भ्रमण वर्र्ष मनाइयो र नेपालको आर्थिक रूपान्तरणमा आधार तय गर्याे हुँ भन्ने चाहिँ हामी काम गछौ । हामीले संख्यात्मक रूपमा मात्र हेरियो भने प्रश्न उठ्न सक्छ । त्यसकारण त्यो प्रश्न उठ्न नदिनलाई संख्या र रुपान्तरणलाई समन्वय गरेर लैजानुपर्छ । 

हामीले पर्यटकलाई बुझ्ने तरिकामा फरक ल्याउनुपर्छ । अरू देशमा पर्यटकले गर्दा  आर्थिक फड्को मारी सक्यो छ । हामी पर्यटकका निम्ति प्रशस्त स्रोत र साधन बोकेर बसेको देश हुँदा हुँदै पनि पर्यटकमा सोचेजस्तो सफलता पाउन सकेका छैनौं । 

भ्रमण वर्षले आर्थिक वृद्धि ल्याउन सक्यौं भने हरेक वर्ष कार्यक्रम गरेर पर्यटक भित्र्याउन सक्छौं । हामी २०३० सम्म पुग्दा ३५ लाख पर्यटक भित्र्याउन सक्यौं भने हामीमा पनि फरकपन आउँछ । 

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कार्यक्रम गर्दै गर्दा एउटा पर्यटकले कति डलर खर्च गर्नैपर्छ भन्ने योजना बनाउनु भएको छ ?
हाल एक जना पर्यटकले दैनिक ६० देखि ७० डलर खर्च गर्दै आएको स्थिति छ । अब त्योभन्दा धेरै खर्च गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । बढाउनको लागि पर्यटकको बसाइ लम्ब्याउने कुरा एउटा छ भने अर्र्को पर्यटकीयस्थल बनाउने कुरा अर्को छ ।

हामीले पर्यटकलाई पोखरा, लुम्बिनी, खप्तड, हाइकिङ पुर्याउन सक्ने अवस्था छ कि छैन भनेर सोच्नुपर्छ । हामीले भिन्न खालको संस्कृति पैदा गर्न सक्यौ भने काठमाडौं आएका पर्यटक भोलि नै आफ्नो देश फर्किनुको साटो होइन एउटा राम्रो कार्यक्रम रहेछ यसको लागि म एक दिन बढी बस्छु भनेर उसलाई आकर्षण गर्न सक्यौ भने पनि एक दिनको बसाई लब्याउन सक्छाैं । 

रारा गएर आएका पर्यटकलाई खप्तड पनि छ हैँ भनेर प्रचार गर्न सक्यौ भने पर्यटकको नेपाल बसाइलाई अलि लम्ब्याउन सक्छौ जसको कारण नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्छ । 

पर्यटक भित्र्याउनको लागि थप उडान र नेपालमा बस्ने होटलको पर्याप्त व्यवस्था कसरी मिलाउँदै हुनुहुन्छ ? 
अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय उडानलाई बढाउन सकिन्छ । अहिले तत्काल थप ३ वटा अन्तर्राष्ट्रिय जहाजले नेपालमा उडान गर्दैछन् । त्यसमा थप जहाजको लागि पनि हामीले पहल गनुपर्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मार्चबाट उडान  शुरु भयो भने हामीसँग थप पर्यटन भित्र्याउने सक्ने माध्यम बढ्छ । 

अहिलेको संरचनामा पनि २० लाख पर्यटन आउँदा हामीले काम गर्न सक्छौ । काम गर्न खासै गाह्रो पर्दैन । पर्यटकलाई काठमाडांैको होटलमा पनि व्यवस्था गर्न सक्छौं । हिजो पनि नेपालमा पर्यटक आउँदा होमस्टेबाट शुरु भएको हो । अहिले पनि होमस्टे प्रशस्त मात्रामा हामीसँग छन् ।  
अर्को भनेको हामीले साहासिक पर्यटकलाई लैजान सक्छौ ।

अहिले नेपाल आउने २० लाख पर्यटकको संख्यालाई चाहिँ पूर्वाधार पुगेन भनेर चिन्ता गरिरहनु पर्दैन । हामीसँग कनेक्टीभिटी चाहिँ थोरै नपुगेको हो । त्यसको लागि हाम्रो सोच, नेटवर्क र सामाजिक सञ्जालहरुमा ख्याल गर्नुपर्छ । 

नेपालमा आएका पर्यटकको कहाँ कति बसाइ लम्ब्याउने केही ठोस योजना बनाउनु भएको छ ? 
हामीले नयाँ–नयाँ गन्तब्य खोजी गरेर भएका गन्तब्यलाई परिस्कृत बनाउनुपर्छ हामीले बसाइ लम्ब्याउने भन्दा पनि उनीहरू नेपाल घुम्न आफ्नो रहरले आउने हो । उनीहरु आफैंले कार्यक्रम बनाएर आउने हो हामीले यसभित्र थप कार्यक्रम चाहिँ दिने हो । नेपाल भ्रमण वर्षकै शुरुमा हामीले थुप्रै कार्यक्रम तय गरेका छाैं । सांस्कृतिक कार्यक्रम, काठमाडौंका धार्मिक सम्पदालाई थप सौन्दर्यकरण गर्ने काम, काठमाडांै बाई नाइट, जनकपुर बाई नाइट, भनेर भनेका छौं । 

पोखरा एक पर्यटकको लागि महत्वपूर्णस्थल भएकाले पोखरामा प्रदेश सरकारसँग मिलेर काम गरेका छौं । त्यहाँ भएका गन्तब्यलाई थप आकर्षक बनाउने काम गरेका छौं । त्यसले गर्दा अरू पर्यटकलाई  पनि नेपाल जानुपर्र्छ भन्ने सन्देश जान सक्छ  । थप पर्यटक नेपाल आउन सक्छन् भन्ने विश्वास गरेका छांै । नेपाल बस्न रहर गर्ने पर्यटकको लागि हामी थप कार्यक्रम गरेर पनि बसाइ लम्ब्याउन सक्छौ । 

नेपाल आएका पर्यटकले खर्च गर्ने पर्याप्त ठाउँ र क्षेत्र नै छैन भनिन्छ , के हो ?
खर्च गर्ने ठाउँ नै छैन भन्ने चाहिँ होइन, त्यसलाई कतै हामीले व्यवस्थित गर्ने सकेनौ कि थप आकर्षण दिन सकनौ कि भन्ने कुरा चाहिँ हो । 
नेपाल आउने पर्यटक दुई खालका हुन्छन् । कोही पर्यटक नेपालमा गएर घुमेर आउ भन्ने खालका हुन्छन् । अर्को चाहिँ गु्रपमा कम्पनीमार्फत आएका हुन्छन् । उनीहरूले म यति बजेट नेपालमा गएर खर्च गर्छु भनेर बुकिङनै गरेर आएका हुन्छन् । त्यसकारण पर्यटक आएर यतिनै खर्च गर्छन् भन्न चाहिँ अलि सकिँदैन । 

काठमाडौंमा आएका पर्यटकलाई सपिङ गराउने, धार्मिक क्षेत्रमा लगेर पैसा खर्च गर्न लगाउने जस्ता कार्यक्रम व्यवस्थापन गर्र्ने बारेमा हामीले सोचिरहेका छांै । भ्रमण वर्षमा पनि यस कुरालाई अगाडि बढाउँछौ । म एउटा पर्यटन व्यवसायी भएको कारणले पर्यटनको विकासमा नयाँ ढंगले बुझ्ने र बुझाउनेतिर लाग्ने छु ।

तपाईंहरुलाई दशैं तिहारलगायत लामो बिदा हुने चाडमा आन्तरिक पर्यटक त लोभ्याउन सक्नुभएन कसरी विदेशी पर्यटक भित्र्याउनु हुन्छ भन्ने आरोप पनि लाग्दै छ नि ?
भ्रमण वर्षले पहिलो फाइदा हुने भनेको निजी क्षेत्र नै हो । नेपालमा पर्यटक आइसकेपछि निजी क्षेत्रले व्यावसायिक रुपमा भित्र्याइसकेपछि मात्र सरकारले कर पाउने हो । त्यताबाट नेपालको आर्थिक समृद्धिको कुरा त्यताबाट जाने हो । पहिलो चरणको रुपमा निजी क्षेत्र नै हो । निजी क्षेत्रले आफ्नो बल बुद्धिले भ्याएसम्म लागेका छन्  । 

कसरी लागेका छन् भने भ्रमण वर्षको लोगो बनाएर प्रचारप्रसार गरिरहेका छन् । नेपाल भ्रमण वर्षमा नेपाल आउनुस् भनेर सामाजिक सञ्चाल फेसबुकमा लेख्नेदेखि मेल पठाउने कामसमेत गरिरहेका छन् । यति गर्दा पनि निजी क्षेत्र नलागेको भन्न मिल्दैन लागि रहेका छन् । नेपालीहरु व्यापार व्यवसायको सिलसिलामा कहिलेकाहिँ विदेश घुम्न गइरहेका हुन्छन् । पशुपतिको जात्रा र सिद्राको व्यापारलाई चाहिँ हामी रोक्न सक्दैनौ ।
 
नेपाल भ्रमण वर्ष २०२० मा लक्ष्य अनुरुपका पर्यटक भित्र्याउन सक्छौ भनेर कसरी विश्वस्त हुनुहुन्छ ? 
म विश्वस्त छु, संख्यात्मकरुपमा रुपमा पुर्याउन नसकएला, म संख्या हेर्दिन । म एउटा व्यवसायीका साथै पर्यटनको माध्यमबाट देशको आर्थिक रुपान्तरण गर्नुपर्छ भनेर लागेको एउटा पर्यटन अभियन्ता पनि भएको हुनाले नेपालको धेरै गन्तब्यमा गएर काम गर्छु । ग्रामीण भू–भागमा पर्यटन विकासको लागि क्रियाशील रहने मान्छे हुँ । त्यसकारण मैले देखेको चाहिँ हामीसँग स्रोत साधन सबै थोक छ । तर, हामीले त्यसलाई भरपुर रुपमा प्रयोग गर्न सकेनौ । 

जनतालाई आन्तारिक बाटोमा हिँडाउन सकेनौ भन्ने मलाई लागि रहेको छ । यो कार्यक्रम यस्तो कार्यक्रम हो  जुन हामी संख्यामा मात्र गनेर बस्न थाल्यौ भने हामी नाकामा जानुपर्छ । तर, पर्यटकको आगमनले नेपालको आर्थिक रुपमा परिवर्तन गर्नुपर्छ भनेर लाग्ने हो भने गुणत्मक हिसाबले पनि सोच्न थाल्नुपर्छ । नेपाल आउने पर्यटकको लागि राम्रो र पुग्ने होटल छ । म ढुक्क छु । हामीले सोचेको जति पर्यटक आउँदा कुनै समस्या छैन ।  त्योभन्दा धेरै आए भने सोच्नुपर्छ । 

भ्रमण वर्षका लागि स्थानीय तहदेखि केन्द्रसम्म कतिको साथ सहयोग पाइरहनु भएको छ ? 
सबै कम्पनीले नेपाल भ्रमण वर्षको लोगो प्रयोग गरेका छन् । आफ्नो लेटर प्याडदेखि वेभसाइडसम्म लोगो प्रयोग गरेको हुनाले साथ नरहेको भन्नै मिल्दैन । 

सबैभन्दा पहिला फाइदा लिने भनेको पर्यटन व्यवसायीले नै हो । नेपालमा पर्यटक आउँदा राज्यले व्यवसाय गर्दैन । व्यवसाय निजी क्षेत्रले गर्ने भएको हुनाले पर्यटकलाई नेपालमा भ्रमण गर्न आउनु भनेर पहल पनि निजी क्षेत्रले गरेको छ । 

अहिलेको संरचनाभित्र २२ सय ट्रेकिङ एजेन्सी अटाउन सकिन्छ कि सकिँदैन भन्ने एउटा कुरा महत्वपूर्ण हो । २२ सय ट्रेकिङ एजेन्सीभित्र पनि छानिएका मानिस मात्रै आएर काम गर्ने हो की भन्ने ठूलो कुरा हो । नत्र भने सबैभन्दा बढी क्रियाशील रहेको निजी क्षेत्र नै हुन् । 

अहिले हामी प्रदेशदेखि लिएर स्थानीय तहसम्म सबैलाई सुसुचित गरिसकेका छौं । अब जिल्ला जिल्लामा भ्रमण वर्षको कमिटी बनाएर अगाडि बढ्ने छौं । तिहारपछि सातै प्रदेशमा कुनलाई के जिम्मा दिन सकिन्छ, के काम गर्न सकिन्छ त्यो उहाँहरूसँग बसेर सल्लाह गछौं । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग सचिवालयले कार्यक्रम बनाउछ र त्यो अनुसार काम गर्ने छौं । 

अब हामीलाई  अर्को कुरा स्थानीय सरकारको भूमिका पहिचान गर्छो, दोस्रो चाहिँ हाम्रो प्रदेशअनुसार रहेका एकदम परिस्कृत गन्तब्यमा कसरी बढीभन्दा बढी पर्यटक त्यहाँ पुर्याउन सकिन्छ भनेर पनि पहिचान गर्छो । 

भ्रमण वर्षको सन्दर्भमा पर्यटन विकासका लागि गर्नै पर्ने काम अब के बाँकी छ ? 
हामीले धेरै कार्यक्रम तय गरेका छौं। त्यो कार्यक्रम कार्यान्वयन गर्न बाँकी छ । हामीलाई विभिन्न क्षेत्रबाट ३०० को हाराहारीमा प्रस्ताव आएका छन् । हामी यो गर्छौ, त्यो गर्छौ भनेर आएका प्रस्तावलाई छनोट गर्ने प्रक्रियामा छौं । नयाँ गन्तब्यलाई परिस्कृत ढंगले गन्तब्य बनाउने, तालिम दिने प्रचारप्रसार सामग्री उत्पादन गर्नेदेखि लिएर बजारीकरणका काम गर्नुपर्नेछ । 

मार्केटिङको प्रमोशन विदेशमा गर्ने भनेर सम्बन्धित निकाय, परराष्ट्र मन्त्रालयलाई भनेर सबै कुराको व्यवस्था मिलाइसकेका छौं । गैरआवासीय नेपालीसंँग हामीले सम्झौता गरिसकेका छौं । त्यसबाहेक नेपालका पर्यटनको प्रवद्र्धन गर्नको लागि नेपालका अति उत्तम गन्तब्यदेखि पर्यटकीय गतिविधिलाई समेटेर टेलिभिजन कार्यक्रम, रेडियो कार्यक्रमदेखि हामीले पहुँच राख्न सक्ने ठाउँसम्म हामी लिएर जान्छौं । हामी यो काम यो दुई महिनाको बीचमा मात्र गर्ने होइन सन् २०२० सम्ममा नै यो काम निरन्तर गरिरहन्छांै । 

हरेक वर्ष पर्यटकहरु नेपाल आइरहेका हुन्छन् । तर, सन् २०२० मा नै विषेश भ्रमण वर्ष किन ?
हरेक वर्ष पर्यटकलाई नेपाल विशेष नै हो ।  हरेक पर्यटकको लागि विशेष यस कारण हो की सगरमाथा र लुम्बिनी अर्को ठाउँमा छैन । नेपालको आर्थिक वृद्धिमा सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने हिसाबले यसलाई एउटा पर्वको रूपमा ल्याएका हुनाले यो विशेष हो । 

प्रतिक्रिया दिनुहोस