aarthiknews.com बुधबार, ३१ असार २०७७   Wednesday, 15 July, 2020
 
Citizen life

ठूलो वैदेशिक लगानीका लागि आज सम्झौता हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ कार्तिक २०७६
Sunrise
ठूलो वैदेशिक लगानीका लागि आज सम्झौता हुँदै
LBEF

काठमाडौं । नेपालमा भित्रिन लागेको ठलो प्रत्यक्ष वैदेशिक लगानीका लागि दाताहरूबीच आज शुक्रबार सम्झौता हुँदै छ । 

२१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा लगानीका लागि ८ वटा दात निकाय र आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच आज सम्झौता हुन लागेको हो। 

आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अगुवाइमा ८ वटा दात निकायले ४५ करोड ३० लाख डलर लगानीको सम्झौता गर्न लागेका हुन् । शुक्रबारको विनिमय दरअनुसार यो रकम ५१ अर्ब १८ करोड हुन्छ। आयोजना निर्माणका लागि स्थापना गरिएको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमार्फत यो प्रत्यक्ष वैदेशिक लगानाका रूपमा भित्रिनेछ। 

कोरिया साउथ इस्ट पावर कम्प लिमिटडका ५२ प्रतिशत, डायलिम इन्डस्ट्रियल कम्पनी लिमिटेडको १६ प्रतिशत, केरयाङ कन्स्ट्रक्सन इन्डस्ट्रियल कम्पनी लिमटेडको १० प्रतिशत, आईएफसीको १२ प्रतिशत र स्थानीयको १० प्रतिशत सेयर रहने गरी आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कर्पोरेसन प्रालि स्थापना गरिएको हो। 

आयोजना निर्माणका लागि ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। आयोजना ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको हो । सरकारले निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा आयोजनाको जिम्मा दिएको हो। निर्माण अवधिसहित कम्पनीले ३५ वर्षपछि आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। 

प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच आयोजनाबाट उत्पादित विद्युत् खरिदबिक्रीका लागि सम्झौता भइसकेको छ। उक्त सम्झौताअनुसार ३१ मार्च २०२४ सम्ममा आयोजनाले व्यावसायिक उत्पादन थालिसक्नुपर्ने हुन्छ । आयोजना निर्माणका लागि करिब ५ वर्ष लाग्ने अनुमान छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस