भारतबाट पाइपलाइनमार्फत ग्यास ल्याउने सहमति - Aarthiknews
aarthiknews.com बुधबार, २५ मंसिर २०७६   Wednesday, 11 December, 2019
 
Bajaj_Bike

भारतबाट पाइपलाइनमार्फत ग्यास ल्याउने सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ कार्तिक २०७६
Sunrise bank
भारतबाट पाइपलाइनमार्फत ग्यास ल्याउने सहमति
LBEF
NCH-IPS

काठमाडौं । भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सहमति भएको छ । 


करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारणस्थल निर्माण गरिनेछ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पैडेलका अनुसार ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमति आइओसीसँग भएको हो ।  आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस