चर्चा बटुलेर उद्घाटन भएको विद्युतीय बस बेवारिसे - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

चर्चा बटुलेर उद्घाटन भएको विद्युतीय बस बेवारिसे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ कार्तिक २०७६
Sunrise bank
चर्चा बटुलेर उद्घाटन भएको विद्युतीय बस बेवारिसे
LBEF
NCH-IPS

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष उद्घाटन गरेको विद्युतीय बस नै बेवारिसे बनेका छन् । निक्कै तामझामका साथ बिजुली बसको गत वर्ष उद्घाटन गरिए पनि अहिले भने ग्यारेजमा थन्किएर बसेका छन् ।

६ कात्तिक २०७५ मा साझा बसको प्रांगणमा तामझामका प्रधानमन्त्री ओलीले बिजुली बसको उदघाटन गरेका थिए । ती बस लामो समय त्यतिकै थन्किएर बसेका हुन् । सरकारले समेत बस सञ्चालनमा बेवास्ता गर्दै आएको छ ।

लुम्बिनी विकास कोषका लागि भनेर एसियाली विकास बैंकको सहयोगमा आएका ती बस भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म साझा यातायातले काठमाडौंमा चलाउने भन्दै काठमाडौं ल्याइएको थियो ।

लुम्बिनी विकास कोषले पर्यटकको आवतजावतमा सहजताका लागि उक्त बस ल्याएको थियो । कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो । बीवाईडी कम्पनीसँग पर्यटन मन्त्रालयले १० करोडमा पाँचवटा बस किनेको थियो । बिजुलीबाट चल्ने बस वातावरणीय दृष्टिले सुरक्षित र भरपर्दो मानिन्छ । तर, प्रधानमन्त्रीले उदघाटन गरेका बस अहिले कम्पनीमा अलपत्र छन् ।


मापदण्ड र सम्झौताविपरीत पाइएपछि बिजुली बस नक्सालस्थित बीवाईडी कम्पनीको प्रांगणमा थन्किएका हुन् । ती बस काठमाडौंका सडकमा गुड्नेबारे अन्योल छ । प्रधानमन्त्रीले बसको उद्घाटनका क्रममा साझा यातायातको कार्यालयदेखि सिंहदरबारसम्म चढेर यात्रासमेत गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस