शिवम् सिमेन्ट्सको लाभांश पारित, नयाँ सञ्चालक समिति सर्वसम्मतले चयन - Aarthiknews
aarthiknews.com विहीबार, ०५ मंसिर २०७६   Thursday, 21 November, 2019
 
Bajaj_Bike

शिवम् सिमेन्ट्सको लाभांश पारित, नयाँ सञ्चालक समिति सर्वसम्मतले चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
शिवम् सिमेन्ट्सको लाभांश पारित, नयाँ सञ्चालक समिति सर्वसम्मतले चयन
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं । शिवम् सिमेन्ट्सको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारणसभाले  पारित गरेको छ ।  शुक्रबार सम्पन्न साधारणसभाले १५ प्रतिशत (कर बाहेक) का दरले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार नगद लाभाँस रकम वितरण प्रस्ताव साधारणसभाले पारित गरेको हो । कम्पनीले सर्व साधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको एक बर्ष नपुग्दै २ वटा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

उक्त साधारण सभाले आफ्ना शेयरधनीहरुलाई प्रति त्यसै गरी कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी ४ बर्षे कार्यकालका लागि ५ जना सञ्चालकहरुको निर्विरोध निर्वाचन समेत गरेकोछ । निर्विरोध निर्वाचित हुने संचालकहरुमा  सुरेन्द्र कुमार गोयल, रघुनन्दन मारु,  सन्दिप कुमार शारडा,  अमित मोर र रोहित गुप्ता रहेका छन् । 

वार्षिक साधारण सभा सम्पन्न हुना साथ बसेको संचालकहरुको बैठकले नव निर्वाचित संचालक  सुरेन्द्र कुमार गोयललाई कार्यकारी अध्यक्ष र  रघुनन्दन मारुलाई कार्यकारी सञ्चालकको पूनः जिम्मेवारी दिंदै ६ सदस्यीय संचालक समितिको गठन समेत सम्पन्न गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस