aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

नेशनल माइक्रोफाइनान्सको नाफा ५८ प्रतिशत वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise
HIb
नेशनल माइक्रोफाइनान्सको नाफा ५८ प्रतिशत वृद्धि
LBEF

काठमाडौं । चालू आवको तिन महिनामा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाफा ५८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले  ४ करोड २० लाख रुपैयाँ कमाएको हो । गत आवको पहिलो त्रैमासमा  २ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको चुक्ता पूँजी  २६ करोड ४० लाख रुपैयाँ छ । रिर्जभ कोषमा  १७ करोड २९ लाखरुपैयाँ छुट्याएको छ । प्रतिशेयर आम्दानी ६२ दशमलव ४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५ दशमलव ६० र प्रतिशेयर नेटवर्थ  १ सय ६५ दशमलव ५२ रुपैयाँ छ । हाल सम्ममा कम्पनीले ५० वटा शाखा कार्यलय मार्फत ८२ हजार विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस