ग्लोबल आइएमई लघुवित्तको नाफा ४ गुणा बढ्यो - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

ग्लोबल आइएमई लघुवित्तको नाफा ४ गुणा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
ग्लोबल आइएमई लघुवित्तको नाफा ४ गुणा बढ्यो
LBEF
NCH-IPS

काठमाडौं । हकप्रद र बोनस शेयर मार्फत १३० प्रतिशत चुक्तापूँजी बढाएको आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा ३३९ प्रतिशत बृद्धि गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ३४ लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेको हो । यो नाफा गत वर्षको सोही अवधिमा ७६ लाख १९ हजार रुपैयाँ थियो । गत वर्षको पहिलो त्रैमासमा  ११ करोड ४ लाख ५७ हजार रुपैयाँ रहेको चुक्तापूँजी यस वर्षको पहिलो त्रैमाससम्मा  २५ करोड ३९ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षभन्दा सञ्चालन मुनाफा ३६५ प्रतिशत बृद्धि भएको छ । सञ्चालन मुनाफा १ करोड १३ लाख ७ हजार रुपैयाँदेखि वृद्धि भई  ५ करोड २५ लाख ६६ हजार रुपैयाँ पुगेको हो । जगेडा कोष रकम पनि १३० प्रतिशत बढेर ९ करोड १० लाख ३४ हजार रुपैयाँ पुगेको छ । पहिलो त्रैमासमा गत वर्षभन्दा १३२ प्रतिशत बढी  १ अर्ब ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १३४ प्रतिशत बढी  १ अर्ब ६३ करोड ५८ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ५४ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी वार्षिक ५२ दशमलव ७० रुपँयाँ रहेको छ । 
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस संस्थाले असोज मसान्तसम्ममा ४६ जिल्लाहरुमा ६८ वटा शाखा कार्यालयहरु स्थापना गरी ८६ हजार २०१ जना सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस