सिभिल लघुवित्तले पहिलो त्रैमासमा ८४ प्रतिशत नाफा बढ्यो - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

सिभिल लघुवित्तले पहिलो त्रैमासमा ८४ प्रतिशत नाफा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
सिभिल लघुवित्तले पहिलो त्रैमासमा ८४ प्रतिशत नाफा बढ्यो
LBEF
NCH-IPS

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८४ प्रतिशतले नाफा बढाएको छ । गत वर्षको पहिलो त्रैमासमा  २४ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको यस कम्पनीले यस वर्ष सोही अवधिमा ४५ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष सञ्चालन मुनाफा ५७ प्रतिशतले बढेको छ । गत वर्ष  ३८ लाख ९३ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष  ६१ लाख १४ हजार  रुपैयाँ छ ।

पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी  ११ करोड ४१ लाख १४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ४ दशमलव ५ प्रतिशत बोनस शेयर दिएको थियो । यस वर्ष भने ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

पहिलो त्रैमाससम्म जगेडा कोषमा  २ करोड ५८ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीले त्यस अवधिमा गत वर्षभन्दा यस वर्ष ७० प्रतिशत बढी  ३१ करोड १ लाख ४७ हजार रुपैयाँ  निक्षेप संकलन गरेको छ भने ७५ प्रतिशत बढी  १ अर्ब १२ करोड ७८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा २ दशमलव १६ प्रतिशत रहेको यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ०२ र प्रतिशेयर नेटवर्थ  १२२ दशमलव ६५ रुपैयाँ रहेको छ ।

राष्ट्रिय स्तरको यस संस्थाले संख्यात्मक भन्दा गुणात्मक बृद्धिलाई आफ्नो प्रमुख लक्ष्यका रुपमा अगाडी सारेको छ । फलस्वरुप हालसम्म ४७ वटा शाखा कार्यालयहरु मार्फत ग्राहक सदस्यहरुलाई गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ । थप शाखाहरु विस्तार गर्दै अघि बढ्ने लक्ष्य कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस