नर्भिक अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन बनाउँदै - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

नर्भिक अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन बनाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
नर्भिक अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन बनाउँदै
LBEF
NCH-IPS

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माणार्थ आज अपरान्ह “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरेको छ । नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शøयायुक्त, यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुनेछ ।

हस्पिटलको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पु¥याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधा हरु जडित   हुनेछ । 

नवीनतम् हस्पिटल भवन निर्माणार्थ भूमि पूजन तथा भवनको शिलान्यास एक विशेष समारोह बीच हस्पिटल परिसरमा आज अपरान्ह हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीले गर्नुभयो ।

नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १,५४,७७०।१ वर्गफिट हुने र भूमिरजग्गा वाहेक परियोजनाको जम्मा लागत करिव रकम  दुई अर्व हुने बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन बर्षभित्र सम्पन्न भइसक्नेछ । 

नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्ट ९प्रा।० लि। ले गरेको छ भने निर्माण हुने नवीनतम् भवनको आन्तरीक साज–सज्जाका सम्पूर्ण कार्यहरु  सिङ्गापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ । 

स्मरणीय छ, वि।सं। २०५० काठमाडौंमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा ख्यातिप्राप्त एक उत्कृष्ट वहुआयामिक एवम् वहुवैशिष्ट्य त्भचतष्बचथ ऋबचभ हस्पिटल रहँदै आएको छ । नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकको प्रवेश पश्चात् स्तरीय स्वास्थ्य सेवाका लागि ठूलो धनराशी सहित विदेसिनुपर्ने नेपालीहरुको वाध्यतालाई न्यूनीकरण गर्न नर्भिकले ठूलो सहयोग पु¥याउदै आएको छ ।
 
नेपाली चिकित्सा फाँटका धेरै विधामा अग्रणी हुँदै इतिहास रच्न÷कोशेढुङ्गा स्थापित गर्न सफल यस हस्पिटलको मुख्य उद्देश्यमा राष्ट्रकै उत्कृष्ट चिकित्सकीय विशेषज्ञहरु तथा अत्याधुनिक चिकित्सा प्रविधिहरुको संयोजन गर्दै विश्वस्तरिय स्वास्थ्य सेवा प्रदायक संस्था बन्नु रहेको छ । 
नेपाली स्वास्थ्य सेवाका क्षेत्रमा आमूल परिवर्तन गर्दै राष्ट्रलाई आत्म–निर्भर र अग्रगामी बनाउन तथा राष्ट्रको वर्तमान र भविष्यको समेत आवश्यकताअनुसार यसलाई समय सापेक्ष, आधुनिकीकरण गर्दै, साधन–सम्पन्न तुल्याउँदै देशका सातै प्रदेशका मुख्य स्थानहरुमा बहुआयामिक एवम् अति विशिष्ट हस्पिटलहरुको सञ्जाल निर्माण गर्ने योजना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस