मर्जका लागि जनता बैंक र ग्लोबल आइएमई बैंकबीच आज पुनः सम्झौता, मंसिर २५ भित्र एकीकृत कारोबार - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

मर्जका लागि जनता बैंक र ग्लोबल आइएमई बैंकबीच आज पुनः सम्झौता, मंसिर २५ भित्र एकीकृत कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
मर्जका लागि जनता बैंक र ग्लोबल आइएमई बैंकबीच आज पुनः सम्झौता, मंसिर २५ भित्र एकीकृत कारोबार
LBEF
NCH-IPS

काठमाडौ । जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जका विषयमा आज पुनः सम्झौता भएको छ । सम्झौताअनुसार आगामी मंसिर २ गते दुवै बैंकले साधारणसभा गर्ने र मंसिर २५ गतेभित्र एकीकृत कारोबार गर्ने सम्झौता भएको जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार मर्जरपछि बैंकको अध्यक्ष ग्लोबल आइएमईको हुने र सीईओ जनता बैंकको रहेछन् । त्यस्तै कर्मचारी समायोजनका सन्दर्भमा हाल दुवै बैंकमा कार्यरत कर्मचारीहरुको तत् पद र सेवा सुविधामा नै कायम रहने सम्झौता भएको छ ।

गत असार २० गते ग्लोबल आइएमई र जनता बैंक बीच मर्जरमा जाने लिखित सहमति भएको थियो ।  दुबै बैंकका अध्यक्षले मर्जरमा जाने विषयमा हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले सहमति पत्रमा हस्ताक्षर थिए । 
कर्मचारी व्यबस्थापनका विषयमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले असन्तुष्टी व्क्त गरेपछि पुनः सम्झौता भएको बताएको छ ।  

चार महिनामा मर्ज प्रक्रिया सम्पन्न गर्ने भनि सहमति भएपनि अहिले  जनता बैंकको व्यबस्थापनले कर्मचारी समायोजनको विषयलाई लिएर असन्तुष्ट देखिएको छ । सम्पत्ति तथा दायित्व मूल्यांकनपछि शेयर आदान प्रदान अनुपात कायम गरिने भएपनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस