मनकामना केबुलकारको उपहार योजना - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

मनकामना केबुलकारको उपहार योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
मनकामना केबुलकारको  उपहार योजना
LBEF
NCH-IPS

काठमाडौं । मनकामना केबुलकारले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ । उक्त योजना अनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजी स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ । कम्पनीले आफ्ना यात्रुलाई सम्मान गर्ने उद्देश्यले यो उपहार योजना ल्याएको हो । 
कात्तिक ७ गतेदेखि शुरु भएको यो योजना मंसिर ७ गतेसम्म लागु हुनेछ । कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको बिशेष अवसरमा लक्की ड्र मार्फत विजेता घोषणा गर्नेछ ।
यस योजना चितवन कोई समूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय बासिन्दा र बालबालिकाको टिकटमा भने लागू नहुने कम्पनीले जनाएको छ । मनकामना दर्शनार्थीलाई लक्षित गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालित यस केबुलकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत योगदान पु¥याउदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस