नर्भिकले अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवन बनाउँदै - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

नर्भिकले अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवन बनाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
नर्भिकले अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवन बनाउँदै
LBEF
NCH-IPS

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माण गर्ने भएको छ । शुक्रबार थापाथली स्थित “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरेको छ । नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शइया, यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुने हस्पिटलले जनाएको छ । 

हस्पिटलको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पु¥याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधाहरु जडित  हुने दावी छ । 

नवीनतम् हस्पिटल भवन निर्माणार्थ भूमि पूजन तथा भवनको शिलान्यास एक विशेष समारोह बीच हस्पिटल परिसरमा आज अपरान्ह हस्पिटलका अध्यक्ष  वसन्त कुमार चौधरीले गरेका थिए । नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १,५४,७७०.१ वर्गफिट हुने र भूमि÷जग्गा वाहेक परियोजनाको जम्मा लागत करिव रू. दुई अर्व हुने बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन बर्षभित्र सम्पन्न भइसक्नेछ । 

नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्टले गरेको छ भने निर्माण हुने नवीनतम् भवनको आन्तरिक साज–सज्जाका सम्पूर्ण कार्यहरु सिङ्गापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्ने भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस