फेरी बिल गेट्स नै बने संसारका सर्वाधिक धनि, यसरी घट्यो बेजोसको सम्पत्ति - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

फेरी बिल गेट्स नै बने संसारका सर्वाधिक धनि, यसरी घट्यो बेजोसको सम्पत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
फेरी बिल गेट्स नै बने संसारका सर्वाधिक धनि, यसरी घट्यो बेजोसको सम्पत्ति
LBEF
NCH-IPS

एजेन्सी । अमेजनका संस्थापक तथा कार्यकारी प्रमुख जेफ बेजोसको सर्वाधिक धनीको ताज अन्तराष्ट्रिय शेयर बजारमा भएको हिजो बिहीबारको कारोबार पछि खोसिएको छ । बिहीबारको कारोबारमा उनको कम्पनि अमेजनको शेयर मुल्यमा आएको ७ प्रतिशतको गिरावट संगै उनि पहिलो नम्बरको धनिबाट च्युत भएका हुन् ।

बिहीबारको कारोबारबाट आएको नोक्सानीको कारण उनको कुल सम्पत्ति अब १०३ दशमलब ९ अर्व अमेरिकी डलर मात्र हुन गएको छ । जवकि लामो समयसम्म संसारका सर्वाधिक धनि रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पति १०५ दशमलब ७ अर्व अमेरिकी डलर रहेको छ ।

स्मरण रहोस, सन् २०१८ को जुलाई १८ तारिकमा कुल १५० अर्व अमेरिकी डलर सम्पत्तिका मालिक रहेका जेफ बेजोस आधुनिक इतिहासका नै सर्वाधिक धनि व्यक्तिको रेकर्ड बनाएका थिए । सन् १९९५ को जुलाई १६ का दिन उनले स्थापना गरेको अमेजनले बेजोसलाई सफलताको शिखरमा पुर्याएको हो । अमेजन संसार कै सर्वाधिका ठुलो इ-कमर्स कम्पनि हो ।
 

प्रतिक्रिया दिनुहोस