सुनको भाउ ताेलामै ६ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ? - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

सुनको भाउ ताेलामै ६ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
सुनको भाउ ताेलामै ६ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
LBEF
NCH-IPS

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ ६०० रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजबी सुनको मूल्य पनि प्रतितोमा ६०० रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यता, चाँदी भने प्रतितोला १० रुपैयाँ बढेर ८६० रुपैयाँमा कारोबार भइरहेको छ । विगत ७ दिनदेखि स्थिर रहेको चाँदीको मूल्य शुक्रबार बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनको मूल्य निर्धारण हुन्छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस न्यूनतम १ हजार ५०१.०४ डलर देखि अधिकतम १ हजार ५०३.६९ डलर सम्म करोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस