महरालाई रगतको नमुना दिन आदेश - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

महरालाई रगतको नमुना दिन आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
महरालाई रगतको नमुना दिन आदेश
LBEF
NCH-IPS

काठमाडौं । महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीस सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो ।

प्रहरी अनुसन्धान अधिकृतले डीएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए ।

प्रहरीको मागबमोजिम डीएनएका लागि नमुना रगत उपलब्ध गराउन महराका नाममा आदेश भएको जिल्ला अदालतका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले बताए । महराले डीएनए परीक्षणका लागि नमुना दिन अस्वीकार गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस