वल्डलिंकमा बेलायतबाट १ अर्ब ३५ करोड  लगानी - Aarthiknews
aarthiknews.com बुधबार, २५ मंसिर २०७६   Wednesday, 11 December, 2019
 
Bajaj_Bike

वल्डलिंकमा बेलायतबाट १ अर्ब ३५ करोड  लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
वल्डलिंकमा बेलायतबाट १ अर्ब ३५ करोड  लगानी
LBEF
NCH-IPS

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेसनमा बेलायतको विकास वित्त संस्था सीडीसीले १ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ । प्राप्त विदेशी लगानीलाई वल्डलिंकले देशका अति विकट गाउँहरुमा उच्चस्तरीय इन्टरनेट पुर्‍याउन प्रयोग गर्ने जनाएको छ ।

नेपालभर इन्टरनेट सेवा विस्तार गर्ने वल्डलिंकको महत्वाकांक्षी योजनामा साथ दिने गरी बेलायत सरकारको स्वामित्वमा रहेका सीडीसीले सो लगानी गरेको हो । बिहीबार आयोजित सीडीसी र वल्डलिंकबीचको सहकार्य घोषणा कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक र एसिया प्रमुख श्रीनी नागराजनले ऋणको रुपमा नभई इक्विटीको रूपमा लगानी गरेको बताए । आजको कारोबार दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस