aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

तीन महिनामा ६ लाखले लिए प्यान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
तीन महिनामा ६ लाखले लिए प्यान
LBEF

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ लाख १९ हजार ५ सय ७० व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । सरकारले बजेटमार्फत (एक व्यक्ति एक स्थायी लेखा नम्बर) नीति लिएसँगै व्यक्तिगत प्यानमा दर्ता हुनेको संख्या वृद्धि भएको हो। 

एक हजार रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने र रोजगार गर्ने व्यक्तिका लागि प्यान अनिवार्य गरिएको छ । व्यक्तिगत प्यान लिएपछि कर तिरेको रकम सोझै व्यक्तिको नम्बरमा दर्ता हुन आउँछ। कर तिरेको रकम सजिलै थाहा पाउन सकिन्छ। आन्तरिक राजस्व विभागका सूचना अधिकारी दुर्गादत्त अधिकारीका अनुसार हालसम्म करिब १७ लाखले व्यक्तिगत प्यान लिएका छन् भने १२ लाखले व्यावसायिक प्यान लिएका छन्। 

व्यावसायिक प्यानको विषयमा भने व्यवसाय गर्नेले प्यानमा रहेर अनिवार्य रूपमा कारोबार गर्नुपर्ने नेपाल खद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार बताउँछन् । 'हामीले प्यानको विरोध गरेका थिएनौं, व्यवसाय गर्नेहरूले प्यान लिएर कारोबार गर्नुपर्छ,' उनले भने, 'त्यसले सरकारलाई कर तिर्नुपर्छ । हाम्रो समस्या भनेको ठूला डिलरबाट प्यानमा कारोबार गर्दा सही बिलबिजक दिदैनन् । यसमा अनुगमन हुनुपर्छ । सही बिलबिजक नदिदा व्यवसाय गर्न समस्या भएको उनले बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकशित छ ।

प्रतिक्रिया दिनुहोस