नेपाली श्रमिकलाई हटाएर भारतीयलाई रोजगारी - Aarthiknews
aarthiknews.com बुधबार, २५ मंसिर २०७६   Wednesday, 11 December, 2019
 
Bajaj_Bike

नेपाली श्रमिकलाई हटाएर भारतीयलाई रोजगारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
Sunrise bank
नेपाली श्रमिकलाई हटाएर भारतीयलाई रोजगारी
LBEF
NCH-IPS

काठमाडौं ।  श्रम अदालतले रोजगारतादातालाई नेपाली श्रमिकको रोजगार कटौती गरेर विदेशी नागरिकलाई रोजगारी दिन पाउने बाटो खुला गरिदिएको छ ।

न्यायाधीश रामेश्वर रेग्मीको इजलासले हुलास मेटल क्राफ्टविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार आदेश दिँदै यस्तो व्यवस्था गरेको हो ।  हुलासबाट कटौतीमा परेका नेपाली कामदारले नेपाली भएकैले आफूलाई नहटाउन माग गर्दै अन्तरकालिन आदेशको माग गरेका थिए । 

त्यसउपर मंगलबार पक्ष–विपक्षको बहसपछि रेग्मीले तत्काल अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेका हुन् ।  हुलासमा २५ जना भारतीय कामदार राखी आफूलाई नेपाली भएकै कारण हटाइएको उनीहरुले दावी गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस