aarthiknews.com बुधबार, ३१ असार २०७७   Wednesday, 15 July, 2020
 
Citizen life

लेनदेनको विवादमा गोली हानी हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
Sunrise
लेनदेनको विवादमा गोली हानी हत्या
LBEF

धनुषा । जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियामा ४० वर्षीय एक युवकको गोली हानी हत्या गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका-१ मा बस्दै आएका ४० वर्षीय मनोज साहलाई पंकज चौधरीले बुधबार बिहान आफ्नै घर मुजेलियामा बोलाएर गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। 

साह लक्ष्मिनियाँ गाउँपालिका-४ सपहीका स्थायी बासिन्दा थिए। लेनदेनको विषयमा विवाद हुँदा चौधरीले गोली हानेर साहको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खनालले जानकारी दिए। पैसा लिन घरमा बोलाएर चौधरीले साहलाई गोली हानेका थिए। 

गोली हानेर साहको हत्या गरेपछि छिमेकीको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको छ। प्रहरीले चौधरीको साथबाट एउटा अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १९ राउन्ड गोली तथा अर्को एक नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउन्ड गोली बरामद गरेको छ। साह शिव आयल स्टोर्सका सञ्चालक थिए। गोली हान्ने चौधरी निर्माण व्यवसायी हुन्।

छातीमा दुइवटा गोली लागेर गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको थियो। साहको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस