गौतमबुद्ध क्रिकेट रंगशालाको डीपीआर तयार, लागत २ अर्ब ६० कारोड - Aarthiknews
aarthiknews.com शनिबार, ११ माघ २०७६   Saturday, 25 January, 2020
 
Bajaj_Bike

गौतमबुद्ध क्रिकेट रंगशालाको डीपीआर तयार, लागत २ अर्ब ६० कारोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
Sunrise bank
गौतमबुद्ध क्रिकेट रंगशालाको डीपीआर तयार, लागत २ अर्ब ६० कारोड
LBEF

चितवन । धुर्मुस सुन्तली फाउन्डेसनले रामपुरमा बनाउने प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। 

भरतपुर महानगरपालिका कार्यालयमा बुधबार उक्त डीपीआर प्रस्तुत गरेर सुझाव लिने काम भएको छ। केही परिमार्जन भए पनि डीपीआर निर्माण सकिएको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताए। 

कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको रामपुरको २२ विघा १७ कट्ठा जमिनमा रंगशाला बन्दै छ । विश्वविद्यालयलाई सट्टाभर्ना दिने गरेर भरतपुर महानगरले उक्त जग्गा प्राप्त गरेको हो। फाउन्डेसनले जनस्तरमा सहयोग अभियान सञ्चालन गरेर रंगशाला निर्माण गर्नेछ । रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण हुनेछ। 

रंगशाला निर्माणका सम्बन्धमा फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यो बेला ६ महिनाभित्र डीपीआर बनाउने र दुई वर्षभित्र निर्माण पूरा गर्ने घोषणा भएको थियो । तर सहमतिपत्रमा हस्ताक्षर भएको ९ महिना २० दिनपछि डीपीआर सार्वजनिक गरिएको छ । 

रंगशाला निर्माणका लागि चाहिने सहयोग सोचेजस्तो जुटेको छैन। डीपीआर अनुसार ३० हजार दर्शक अटाउने क्षमताको रंगशाला निर्माणका लागि भ्याटबाहेक २ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ । क्रिकेट मैदान ७० मिटर रेडियसको हुनेछ । पाँचवटा पिच हुनेछ । किपटिभ डिजाइन आकिटेक प्रालिले डीपीआर तयार पारेको हो । भारतीय र अमेरिकन परामर्श कम्पनीको पनि सहयोग लिइएको प्रालिका शेरबहादुर केसीले जानकारी दिए । कमल फूलको आकारअनुरुप मल्लकालीन नेपाली वास्तुकलाको मिश्रण रंगशालामा देख्न पाइने छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस