श्रीमान् र श्रमतीको एकै दिन मृत्यु - Aarthiknews
aarthiknews.com बुधबार, २५ मंसिर २०७६   Wednesday, 11 December, 2019
 
Bajaj_Bike

श्रीमान् र श्रमतीको एकै दिन मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
Sunrise bank
श्रीमान् र श्रमतीको एकै दिन मृत्यु
LBEF
NCH-IPS

काठमाडौं । उपचारका लागि लैजाँदै गरिएकी श्रीमतीको बाटैमा मृत्यु । श्रीमतीको शव बोकेर फर्कदै गर्दा एम्बुलेन्स दुर्घटनामा परी श्रीमानको पनि मृत्यु । सिरहाको कर्जानाहा-७ की ६० वर्षीया गाँगयादेवी साह र उनका श्रीमान् ६५ वर्षीय शोभित साहले एकै दिन ज्यान गुमाएका हुन्।

सिरहाकै फूलकुमारी महतो मेमोरियल हस्पिटलमा स्वास्थ्य परीक्षण गर्ने क्रममा मदमा समस्या देखिएपछि श्रीमती गगियादेवी र सालोका छोरा श्रीराम साहलाई लिएर सोमबार राति काठमाडौं आएका शोभितले श्रीमती त बचाउन सकेनन् नै, आफै पनि घर फर्कन पाएनन्। एम्बुलेन्समा काठमाडौ स्थित गंगालाल हदयरोग केन्द्र बाँसबारी आउँदै गर्दा बाटोमै गंगियादेवीलाई व्यथाले च्याप्यो। अस्पतालसम्म पुग्नै नभ्याई उनले प्राण त्यागिन् ।

नाति नरेन्द्र साहका अनुसार मंगलबार बिहान २ बजे अस्पताल पुऱ्याउँदा गंगियादेवीलाई चिकित्सकले मृत घोषणा गरे। त्यतिन्जेलसम्म काठमाडौंको सिफलमा बस्ने कान्छा छोरा देवकुमार र बहारी निल् पनि अस्पताल पुगिसकेका थिए। उनीहरू शव लिएर त्यही एम्बुलेन्समा घर फर्किने तयारीमा जुटे। अस्पतालको प्रक्रिया पूरा गरी करिब पौने ३ बजे शोभित, श्रीराम, देवकमार र निल् एम्बुलेन्समा सिरहाका लागि हिंडे । चाबहिलमा रोकिएर केहीबेर चिया खाए। करिब पौने ४ बजे त्यहाँबाट छुटेका उनीहरू काभ्रेभन्ज्याङस्थित प्रहरी चेकपोस्ट कटेपछि फेरि रोकिए । निलले बान्ता गरिन।

चालकहरू रेडबुल खाने भन्दै पछाडिपट्टि लागे। एम्बलेन्समा दुई जना चालक थिए। धनुषाको मिथिला-७ का २६ वर्षीय देवराज श्रेष्ठले एम्बुलेन्स चलाएका थिए । त्यहाँबाट हिँडेको केहीबेरमै नमोबुद्ध-५ स्थित लासकोटमा स १ च ११९१ नं. को उक्त एम्बुलेन्स दुर्घटनामा पर्यो । शोभित, देवकुमार, निलु श्रीराम र दुवै चालक घाइते भए। प्रहरी र स्थानीय बासिन्दाले तत्कालै उद्धार गरेर उनिहरुलाई धुलिखेल अस्पताल पुर्याए । शोभितको मुटु र नसाको समस्या देखिएपछि उनलाई थप उपचारको लागि काठमाडौं ल्याइएकोमा उपचारकै क्रममा मंगलबार दिउँसो मृत्यु भयो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस