२२९ अर्ब ५० करोडको आयात हुँदा १८ अर्ब ५० करोडको मात्रै निर्यात - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

२२९ अर्ब ५० करोडको आयात हुँदा १८ अर्ब ५० करोडको मात्रै निर्यात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
Sunrise bank
२२९ अर्ब ५० करोडको आयात हुँदा १८ अर्ब ५० करोडको मात्रै निर्यात
LBEF
NCH-IPS

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४६ प्रतिशत र अन्य मुलुकतर्फ ०.६ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

त्यस्तै चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोशाक, पश्मिनालगायतका वस्तुको निर्यात घटेको छ । चालू आर्थिक वर्षको दुई महिनामा कुल वस्तु आयात १.२ प्रतिशतले घटेर २२९ अर्ब ५० करोड कायम भएकोछ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २ प्रतिशत र १९.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, रासायनिक मल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस