घरेलु तथा साना उद्योगका समस्याहरु हल गर्न उद्योग विभाग सधै तत्पर - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

घरेलु तथा साना उद्योगका समस्याहरु हल गर्न उद्योग विभाग सधै तत्पर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
Sunrise bank
घरेलु तथा साना उद्योगका समस्याहरु हल गर्न उद्योग विभाग सधै तत्पर
LBEF
NCH-IPS

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नयाँ सचिव तथा महानिर्देशकलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । महासंघले वाणिज्य मन्त्रालयका सचिव,  श्रम तथा रोजगार मन्त्रालयका सचिव र उद्योग विभागका महानिर्देशकको नयाँ कार्याकालको स्वागतसंगै अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा उद्योग विभागका महानिर्देशक जिवन प्रसाद सिटौलाले घरेलु तथा साना उद्योगका समस्याहरु हल गर्न उद्योग विभाग सधै तत्पर रहेको बताए । आफु उद्योगका कुराबाट कहिले पछि नहट्ने समेत बताएका छन । 

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सहजीकरण, समन्वय, उत्पादन देखि लिएर विदेशमा र्नियात गर्ने लगायतका सहयोगमा तत्पर रहेको बताए । कर सम्बन्धि तीन तहको सरकारमा दोहोरोपन परेका छन, दाहोरोपन परेको कुरामा ठोस रुपमा समस्यालाई ल्याउन अर्यालले आग्रह गरेका छन् । 

उत्पादन क्षेत्रमा उद्यमीहरु कसरी पहिचान गर्ने भन्ने घरेलु तथा साना उद्योगले सहज गरेको श्रम तथा रोजगार मन्त्रालयका सचिव विनोद केसीले बताए । मौलिक पहिचान रहेको र यसको महत्व तल्लो वर्गले स्थानीय कला, कौशल, सस्कृति चिनाइरहेकोमा केसीले खुसी व्यक्त गरेका छन । अहिले समस्याका रुपमा लिए पनि ज्याला बैंकबाट दिने कुरा पारदर्शि रहेको उनको भनाई रहेको छ ।   

महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने भन्ने निदेर्शिका नीति अगाडी बढाएको कुरा स्पष्ट गरेका छन । सो नीति सम्बन्धमा पनि नेपाल सरकारले छिटै नै लागु गर्ने कुरामा महासंघले अपेक्षा गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष उमेश प्रसाद सिंहले बताए ।

उनले भने सम्झौता कम्पनीहरु नविकरण गर्ने सम्बन्धमा केही उद्यमीहरुका समस्या रहेका, ईटा उद्योगमा समेत समस्या रेहको सो कार्यक्रममा राखेका छन् । उनले सहयोगीको भूमिका नेपाल घरेलु तथा साना उद्योग महासंघ रहेको बताए । सात वटै प्रदेशमा कार्यक्रम गर्दै आएको र उद्यमीले उत्पादन गरेका विदेश पनि पठाउन वाणिज्य मन्त्रालयले सहयोग गरेको आगामी दिनको पनि अपेक्षा गरेका छन ।  
 

प्रतिक्रिया दिनुहोस