साँढेले सुनको गरगहना निलेपछि... एक्सरे गराउन सल्लाह - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

साँढेले सुनको गरगहना निलेपछि... एक्सरे गराउन सल्लाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
Sunrise bank
साँढेले सुनको गरगहना निलेपछि... एक्सरे गराउन सल्लाह
LBEF
NCH-IPS

एजेन्सी । भारतको हरियाणास्थित कालानवाली गाउँमा एक परिवार साँढेले कतिबेला गोब्य्राउला भनी प्रतीक्षा गरिरहेको छ । साँढेले लगभग ४० ग्राम सुनको गरगहना निलेकाले गोब्य्राउने प्रतीक्षा भइरहेको हो ।

परिवारले साँढेलाई विगत तीन दिनदेखि चारा खुवाइरहेका छन् । ‘हामीहरू सुन लिनका लागि गोबर हेरिरहेका छौं । यो फोहरी काम हो तर कुनै अर्को विकल्प पनि त छैन,’ जनक राजले बताए । जनककी पत्नी र बुहारीको गरगहना साँढेले निलेको हो । 

जनक व्यापारी हुन् र उनकी पत्नी र बुहारी एउटा विवाह समारोहमा सहभागी भएर फर्किएपछि गरगहना भान्सामा एक कचौरामा राखे । ‘मेरी बूढी आमाले त्यही कचौरमा तरकारी काट्नुभयो र बाँकी रहेको फोहर फालिदिनुभयो,’ उनले बताए । 

आमाले कचौरामा बाँकी रहेका टुक्राटाक्री घरबाहिर फालिदिएपछि बाहिर रहेको साँढेले खाइदिएको थियो । आमाले कानको रिङ भुइँमा देखेपछि घरभित्र ल्याएको जनकले बताए । 

त्यसपछि साँढे अन्तै गयो । परिवारका सदस्यहरूले साँढेले गहना निलेको थाहा पाएपछि त्यसलाई खोज्न यताउता दौडिए । सीसीटीभी हेरेर उनीहरूले साँढे चिने अनि त्यसलाई पाँच घन्टामा खोजिछाडे । अहिले उनीहरूले साँढेलाई घरनजिकको खाली जग्गामा बाँधेर राखेका छन् र त्यसलाई चारा खुवाउँदै गोबर जाँचेर बसेका छन् । 

सुनका लागि साँढेलाई कसैले मारिदेला भन्ने डर पालेर उनीहरूले गोठ भएको आफन्तकहाँ साँढे पठाउने योजना बनाएका छन् । 

पशुचिकित्सक रविन्दर शर्माले साँढेलाई पशु चिकित्सालय लगेर एक्सरे गराउने सल्लाह दिएमा छन् । त्यसपछि शल्यक्रिया गरेर गरगहना निकाल्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस