स्थगित भएको एमडी/एमएस/एमडीएमएसको प्रवेश परीक्षा ९ गते हुने - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

स्थगित भएको एमडी/एमएस/एमडीएमएसको प्रवेश परीक्षा ९ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
Sunrise bank
स्थगित भएको एमडी/एमएस/एमडीएमएसको प्रवेश परीक्षा ९ गते हुने
LBEF
NCH-IPS

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय  प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी÷एमएस÷एमडीएमएसको प्रवेश परीक्षा  यही  कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६÷७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा स्थगन गर्न न्याम्सलाई यही १ कात्तिकमा निर्देशन दिएपछि  कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डीन प्रा डा पीयुष दाहालले मन्त्रालयको निर्देशनअनुसार कात्तिक ९ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुन लागेको जानकारी दिनुभयो । न्याम्सलाई नयाँ शैक्षिकसत्रका लागि  नेपाल मेडिकल काउन्सिलले एमडी÷एमएस÷एमडीएमएस ११५ र डिएम÷एमसीएचतर्फ २१ सिट सङ्ख्या अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो । 

प्रतिक्रिया दिनुहोस