५ वर्षमा अर्थतन्त्रमा उद्योगको योगदान १९ प्रतिशतभन्दा बढी - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 
५ वर्षमा अर्थतन्त्रमा उद्योगको योगदान १९ प्रतिशतभन्दा बढी

५ वर्षमा अर्थतन्त्रमा उद्योगको योगदान १९ प्रतिशतभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ चैत्र २०७५
Sunrise bank
LBEF
NCH-IPS

काठमाडौं, चैत २१ । अबको ५ वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान १९.१ प्रतिशत पुर्याउने सरकारी लक्ष्य छ । सरकारले हाल भएको योगदानमा अबको ५ वर्ष अर्थात १५औं योजनाको अन्त्यसम्म उद्योगको योगदान ५ प्रतिशतले बढाउने तथ्यांक सार्वजनिक गरेको हो ।

 आर्थिक वर्ष २०८०/८१ सम्म नेपालको जीडीपी उत्पादन मूल्यको आधारमा ५५ खर्ब ७५ करोड १९ लाखको हुनेछ । पछिल्लो समय देशमा औद्योगिक वातावरण बन्दै गएको र सरकारले पनि उद्योग प्रवद्र्धनका लागि विभिन्न विकल्प खोज्नुका साथै नयाँ उद्योमीलाई आकर्षण गर्न खोजेकाले पनि लक्षित योगदान सहजै पुग्ने देखिएको हो । 

उद्योगमैत्री कानुन बनेको छ, लगानीका लागि चौतर्फी ढोका खुलेका छन् । पुराना तथा हाल सञ्चालित उद्योगहरू पनि पूर्ण रुपमा सञ्चालन हुन थालेकाले यसको योगदान बढाउन सकिने देखिएको हो । कृषिमा आधारित अर्थतन्त्रलाई औद्योगिकरणका माध्यमबाट माथि उस्कास्ने सरकारी रणनीति हो ।

सरकारले यो अवधिमा कृषि तथा वन क्षेत्रको जीडीपीमा योगदान हालको २८.२ प्रतिशतलाई  घटाउँदै लगेर २३ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरेको छ । उच्च आय भएको राष्ट्र निर्माणमा कृषिभन्दा उद्योग तथा सेवा क्षेत्रको योगदान बढी हुन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको कृषि परम्परागत नभइ यान्त्रिकीकरण हुने बताएका छन् । हाल कृषिमा ठूलो जनशक्ति खपत भएको छ । यसलाई घटाएर आधुनिक प्रणालीबाट खेती गर्दै युवालाई रोजगारीका नयाँ अवसरमा लगाउने सोच सरकारले बनाएको उनले बताए । 

त्यस्तै अबको ५ वर्षमा सेवा क्षेत्रको जीडीपीमा योगदान भने अहिले सरह नै रहने अनुमान सरकारले गरेको छ । हाल जीडीपीका सेवा क्षेत्रको योगदान ५७.६ प्रतिशत रहेको छ । ५ वर्षमा पनि यो क्षेत्रको योगदान ५८.७ प्रतिशत रहने अनुमान गरिएको छ । 

अघिल्ला केही वर्षमा जीडीपीमा उत्पादनमूलक क्षेत्रको योगदान घट्दै गएको देखिएको छ । इन्धन तथा कच्चा पदार्थको अभाव र तराई आन्दोलनका कारण लामो समय उद्योग सञ्चालन हुन नसक्दा उद्योगहरू थला परेको अवस्थामा थिए ।

 सो कारण उत्पादनमूलक क्षेत्रको योगदान सन्तोषजनक हुन नसकेको थिएन ।  अब उद्योग क्षेत्रमा लगानी गर्ने वातावरण अनुुकूल भएको छ । औद्योगिक श्रम सम्बन्धमा  सुधार भएको छ । औद्योगिक पूर्वाधारहरू तय हुँदै गरेको अवस्था छ ।  
 

प्रतिक्रिया दिनुहोस