नेप्सेको कारोबार र परिसूचकमा झिनो सुधार - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

नेप्सेको कारोबार र परिसूचकमा झिनो सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
Sunrise bank
नेप्सेको कारोबार र परिसूचकमा झिनो सुधार
LBEF
NCH-IPS

काठमाडौं । साताको तेस्रो दिने मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४० अंकले बढेको छ । आज नेप्से ११३४.७९ बिन्दूमा पुगेको छ । कुल १५५ वटा कम्पनीका ६ लाख ४५ हजार कित्ता शेयर १६ करोड ५२ लाख रुपैयाँभन्दा केही बढीको कारोबार भएको छ । 
आज कारोबारमा आएका समूहमध्ये होटल, वित्त निर्जीवन र अन्य समूहमा गिरावट आएको छ भने बाँकी समूह बढेका छन् । यस दिन नबिल बैंकको शेयर कारोबार उच्च भएको छ । केही दिनदेखि प्रभु बैंकको सबैभन्दा कारोबारमा आज दोस्रो स्थानमा रहेको छ । आज नबिल बैंकको एक करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने प्रभु बैंकको एक करोड ३ लाख रुपैयाँको कारोबार भएको छ । समग्र परिसूचकमा सुधार आएको दिन लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले कमाएका छन् । यसको शेयर मूल्य ५.३० प्रतिशतले बढेको छ । आज पैि एभरेष्ट बैंकका संस्थापक लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब प्रतिशतले घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस