ओपोको नयाँ फोन बजारमा, मुल्य कति होला ? - Aarthiknews
aarthiknews.com विहीबार, ०५ मंसिर २०७६   Thursday, 21 November, 2019
 
Bajaj_Bike

ओपोको नयाँ फोन बजारमा, मुल्य कति होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
Sunrise bank
ओपोको नयाँ फोन बजारमा, मुल्य कति होला ?
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं । ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८ देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फस्र्टसेल कार्यक्रम मार्फत विक्रि शुरु गरेको छ ।

ओपो रेनोटू एफका लागि आयोजित फस्र्टसेल कार्यक्रममा नेपाली चलचित्र नायिका तथा ओपो नेपालकी ब्राण्ड फ्रेण्ड, स्वस्तिमा खड्काको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा उनले अग्रिम बुकिङ गर्ने तथा सोही दिन फोनको खरिद गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित फोन तथा विशेष उपहार हस्तान्तरण गर्नुका साथै ईच्छुकसंग सेल्फी तथा तस्विर समेत खिचेकी थिइन् । 

प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ ओपो रेनोटू एफमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ । ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन् ।

अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १÷२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

ओपो रेनोटू एफको विक्रि आरम्भका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “ भरखरै सार्वजनिक ओपो रेनोटू एफका लागि नेपाली उपभोक्ता, सञ्चार जगत, शुभचिन्तक लगायतद्वारा प्राप्त अपार माया, सकारात्मक प्रतिक्रिया र समर्थनका लागि हामी कृतज्ञ छौँ । नयाँ फोनमा रहेका नवप्रबर्तनात्मक प्रविधि र आकर्षक डिजाइनका लागि हामीलाई निकै सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । बजार माग र विक्रि नियाल्दा ओपो रेनोटू एफले ब्राण्डकै लागि नयाँ उचाई स्थापित गर्ने करिव निश्चित छ । बजारबाट आएको यस्तो प्रतिक्रियाले भविष्यमा अझ उत्कृष्ट उत्पादन नेपाली उपभोक्ताका लागि पस्किन हामीलाई थप हौसला तथा प्रेरणा मिलेको छ ।”  

रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ । त्यसैगरी यसमा ६.५ईञ्चको मल्टि(टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ । स्क्रिनको सुरक्षार्थ फोनमा बलियो र सम्भावित जोखिम न्यूनिकरणका लागि पाँचौ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।

कलरओएस ६को परिस्कृत भर्जन कलरओएस ६.१मा आधारित यो फोनमा हरेक संवद्र्धन उपभोक्ताका आवश्यकता दृष्टिगत गर्दै तिनका जीवन तथा कार्य सम्पादनमा सहजता ल्याउने सोचका साथ गरिएको छ । रु. ४६,९९० मूल्य निर्धारण गरिएको ओपो रेनोटू एफ कम्पनीले लेक ग्रिन र स्काई ह्वाइट गरि दूई आकर्षक रंगमा सार्वजनिक गरेको हो । स्मार्टफोन नेपालभर रहेका प्रमुख विक्रि केन्द्रबाट उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस