एनएमबि लघुवित्तको हकप्रद कात्तिक २४ गतेदेखि, ६ गतेसम्मका शेयरधनीले आवेदन दिन पाउने - Aarthiknews
aarthiknews.com विहीबार, ०५ मंसिर २०७६   Thursday, 21 November, 2019
 
Bajaj_Bike

एनएमबि लघुवित्तको हकप्रद कात्तिक २४ गतेदेखि, ६ गतेसम्मका शेयरधनीले आवेदन दिन पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
Sunrise bank
एनएमबि लघुवित्तको हकप्रद कात्तिक २४ गतेदेखि, ६ गतेसम्मका शेयरधनीले आवेदन दिन पाउने
CTZN Bank
LBEF
NCH-IPS

 काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर कात्तिक २४ गतेदेखि बिक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट असोज १५ गते स्वीकृति पाएसँगै कम्पनीले  २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता साधारण शेयरको हकप्रद निष्कासन गर्न लागेको हो । 
कम्पनीले कात्तिक ६ गतेसम्मका कायम शेयरधनीका लागि विद्यमान १ कित्ता साधारण शेयर बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद निष्कासन लागेको हो । कम्पनीको हकप्रदमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीको हाल चुक्तापुँजी  १६ करोड २० लाख ६ हजार २५० रहेको छ । हकप्रद बाँडफाँडपछि पूँजी  ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ पुग्नेछ । 


 

प्रतिक्रिया दिनुहोस