
काठमाडौं । नेपालका लागि एक्स.सी.एम.जी.को एक मात्रै आधिकारिक बिक्रेताको रुपमा रहेको आई.डी.एम.सीले एक्स.इ. २१५ सी एक्साभेटर लञ्च गरेको छ ।
चीनको नं. १ कम्पनी एक्स.सी.एम.जी विश्वकै छैटौं ठूलो निर्माण उपकरण बानाउने कम्पनीले हो । उक्त कम्पनीले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेशिन, बोरिङ मेशिन जस्ता थुप्रै निर्माण उपकरणहरु उत्पादन गर्दै आइरहेको छ ।
नेपालभर ६ वटा शाखा कार्यालय समेत स्थापना गरि अक्टोबर १८ देखि एक्स.इ. २१५ सी एक्साभेटर लन्च गरेको हो । एक्काइस हजार नौ सय अपरेटिङ वेट रहेको यो एक्साभेटरमा इसुजुको आयातित इन्जिन जडान गरिएको जनाएको छ ।
यो इन्जिन १७२ हर्सपावर क्षमताको रहेको र एक्स.इ. २१५ सी एक्साभेटरमा मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको छ । यो एस्काभेटर बढि शक्तिशाली र कम इन्धन खपत गर्ने कम्पनीको दावी छ ।
प्रतिक्रिया दिनुहोस