स्कूल बसले किच्दा गोदावरीमा बालकको मृत्यु - Aarthiknews
aarthiknews.com सोमबार, १२ फागुन २०७६   Monday, 24 February, 2020
 

स्कूल बसले किच्दा गोदावरीमा बालकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
Sunrise
स्कूल बसले किच्दा गोदावरीमा बालकको मृत्यु
LBEF

ललितपुर । गोदावरीमा स्कूल बसले किच्दा एक बालकको मृत्यु भएको छ ।  ललितपुरको गोदावरी नगरपालिका– ९ छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले सोमबार बिहान करिब सवा ९ बजेतिर किच्दा सोही विद्यालयको  एलकेजीमा अध्ययनरत ८ वर्षिय बालक नवीन घिमिरेको घटनास्थलमै मृत्यु भएको  महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 
विद्यालयको बस चढ्ने क्रममा ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस