घट्यो सुनको भाउ, कति पुग्याे ? - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

घट्यो सुनको भाउ, कति पुग्याे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
Sunrise bank
घट्यो सुनको भाउ, कति पुग्याे ?
LBEF
NCH-IPS

काठमाडौं । सुनको भाउ मंगलबार २०० रुपैयाँले सस्तो भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा भाउ तोला २०० रुपैयाँले घटेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँ नै घटेर प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

यता, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । मंगलबार चाँदी प्रतितोला ८५० रुपैयाँ कारोबार भइरहेको छ । तिहारसँगै नेपाली बजारमा सुनचाँदीको माग बढ्ने गर्छ । माग बढ्दा मूल्य बढ्ने प्रवृत्ति रहन्छ । यद्दपि, सुनचाँदीको भाउ बाह्य बजारमा निर्भर रहन्छ ।

सुनचाँदी पूरै आयातमा निर्भर रहेकाले विदेशी बजारमा मूल्य बढ्दा यहाँ पनि बढ्ने अनि घट्दा नेपालमा पनि घट्ने गर्छ । पछिल्लो समय सुन बजार अलिअस्थिर देखिएको छ । २ महिनाअघि बेस्सरी चुलिएको भाउ पछिल्लो समय खासै उतारचढाव देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस