aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

फर्जी कागजात बनाएर लोकसेवा सदस्य नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
Sunrise
फर्जी कागजात बनाएर लोकसेवा सदस्य नियुक्त
LBEF

काठमाडौं । प्रदेश ५ को लोकसेवा आयोगमा फर्जी कागज बनाएर सदस्य नियुक्त गरिएको खुला भएको छ । तीन सदस्यीय आयोगका लागि मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको समितिले सिफारिस गरेको महिला सदस्य राहेल पोखरेलको कागजात फर्जी देखिएपछि नियुक्त दुवै सदस्यको शपथग्रहण रोकिएको छ । 

आयोग अध्यक्षमा सरकारले साउन पहिलो साता अर्घाखाँचीका डिलाराम भट्टराईलाई नियुक्त गरेको थियो । थप दुई सदस्य सिफारिस भएकामा गुल्मीका बबुराम गौतम र रुपन्देहीकी पोखरेल प्रदेशप्रमुख उमाकान्त झाबाट बिहीबार नियुक्त भएका छन् । राहेल प्रदेशसभा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलकी बहारी हुन् । 

सिफारिस समितिमा उनी र सभामुख सदस्य छन् । नियुक्तीको खबर बाहिरीएपछि पोखरेलका विषयमा कागजपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस