भन्सार छली गरि ल्याएको सुनचाँदी विक्री गर्दा ८ करोड जरिवना - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

भन्सार छली गरि ल्याएको सुनचाँदी विक्री गर्दा ८ करोड जरिवना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise bank
भन्सार छली गरि ल्याएको सुनचाँदी विक्री गर्दा ८ करोड जरिवना
LBEF

काठमाडौं । सुनिलकुमार राजपुतको धनगढी उ.म.न.पा.-१ स्थित शिवम सुनचाँदी पसलले भन्सार छली गरेको  सुनचाँदी विक्रि वितरण गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ८ करोड ६ लाख बिगो  बराबर दावी गरि धनगढी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

आायकर छली भन्सार चोरी पैठारी गरि राजस्व तथा आयकर समेत  चुहावट गरेको उनको बैंक स्टेटमेन्टमा ७ करोड ५१ लाख २८ हजार ४४८ रुपैयाँ फेला परेका कारणले पुष्टि भएको विभागको भनाइ रहेको छ । 

 सोही रकम वरावरको सुनचाँदीको कारोबार गरेको निजको मोवाइलमा देखिएको तस्वीर समेतबाट पुष्टी भएको र उक्त कारोबारमा प्रचलित आयकर ऐन, २०५८ बमोजिम तिर्नु वुझाउनु पर्ने आयकर २९ लाख ७९ हजार ७८६।७७ रुपैयाँ समेत कम गरि तिरे वुझाएको र निजबाट वरामद भारु समेतबाट हुने ने२९ लाख ८० हजार ४५० रुपैयाँ समेत गरी जम्मा अक्षरेपी आठ करोड छ लाख आठ हजार दुई सय पैँतिस रुपैया बिगो दावी सहित मुद्दा दायर गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 अतुल वर्माले आफ्ना एकाघरका बुवा सुशिलकुमार राजपुतको नाममा दर्ता भएको शिवम् सुनचाँदी पसलको आडमा भन्सार चोरी पैठारी गरी नेपाल ल्याएको सुन चाँदीहरु काठमाण्डौबाट अवैध रुपमा विना विल विजक खरीद तथा विक्री वितरण देखिएको छ ।  

 त्यसको कारोबारबाट प्राप्त भएको रकम प्रतिवादी अतुल बर्माको बैक खातामा जम्मा गरी शिवम् सुनचाँदी पसलको कारोबार समेत न्यून देखाई आयकर समेत छली भन्सार चोरी पैठारी गरी भन्सार राजस्व तथा आयकर समेत चुहावट गरेको कसुरमा मुद्दा दायर गरेको उल्लेख छ । 

राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २९छ१० बमोजिम बिगो कायम गरी उक्त विगो असुल उपर गराई सोही ऐनको दफा २३ ९१० बमोजिम दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुनेछ ।  बरामद भएको कार लगायतका मालवस्तुहरु  विगो जफत गरी ३ गुणा सम्म सजाय हुन समेत मागदावी लिई धनगढी जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको छ । 

प्रतिक्रिया दिनुहोस