aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

पर्यटनका १०० गन्तब्य, पर्ने हुन् कि अलपत्र !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise
HIb
पर्यटनका १०० गन्तब्य, पर्ने हुन् कि अलपत्र !
LBEF

काठमाडौं । नेपाल सरकारले पर्यटन क्षेत्रका रुपमा घोषणा गरेको १०० गन्तब्य मध्ये हालसम्म ५५ वटाको मात्र प्रोफाइल पर्यटन बोर्डले तयार पारेको मन्त्रालयले जनाएको छ ।

नयाँ तथा विकास गर्नुपर्ने गन्तव्य मध्ये हालसम्म ५५ वटा गन्तब्यको प्रोफाइल मात्र तयार भएको हो । स्थापित तथा प्रवर्धन गरिनुपर्ने गन्तब्यहरू र नयाँ तथा विकास गरिनपर्ने गन्तब्य गरेर १ सय ९२ वटा गन्तब्यहरू रहेका छन् । नेपाल सरकारले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने र तिनीहरुलाई यी गन्तव्यमा पुर्याउने भनेपनि अझै १ सय ३७ वटा गन्तब्यस्थलको प्रोफाइल तयार हुन सकेको छैन ।

बाँकि रहेका स्थलहरूको डिपिआर तयार भैसकेको र काम छिट्टै अगाडि बढाउने मन्त्रालयले जनाएको छ । डिपिआर निर्माणमा स्थानिय तथा प्रदेश सरकारको सहलगानि गराउने योजना छ । त्यही आधारमा बाँकी पैसा खर्च गर्नेगरी अहिले २५–२५ लाख पैसा तत् स्थानिय तहमा पठाईदै छ ।

तत्कालिन पर्यटनमन्त्री स्वर्गिय रबिन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी १ सय नयाँ गन्तब्य विकासको अवधारणा अघि सारेका थिए । अधिकारीले ७५ वटै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी गन्तब्य छनोट गराएका थिए ।

नयाँ गन्तब्य र स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तब्यहरूको लागि ५०/५० करोड रूपैयाँ छुट्याएको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलका प्रवक्ता घनश्याम उपाध्याले बताए । उनले भने, ‘नयाँ गन्तब्यको हकमा अघिल्लो वर्ष ७४ वटाले १०० प्रतिशत काम गरेको र २६ वटाले ५० प्रतिशत काम गरेको छ’ ।

मन्त्रालयले ४५ वटा गन्तब्यको प्रोफाइल तयार पार्नको लागि कार्यक्रम नै बनाएर डिजिटल प्रोफाइल निर्माण कार्य अगाडि बढाउने भएको छ ।  स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तब्यहरू मन्त्रालयले र नयाँ तथा विकास गरिनु पर्ने गन्तब्यहरूको प्रोफाइल पर्यटन बोर्डले तयार गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ मा बोर्डले थप ४५ वटा गन्तब्यको प्रोफाइल तयार पारिसक्ने बताएको छ । सो प्रयोजनका लागि बोर्डले १२ लाख रुपैयाँ बजेट छुट्याएको छ । ती गन्तब्यलाई बोर्डले प्राथमिकताका साथ प्रबर्द्धन गर्ने योजना बनाइएको छ । नयाँ गन्तब्यको लागि ५० करोड र स्थापित गन्तब्यको लागि ५० करोड बजेट छुट्याएको छ । एउटा गन्तब्यको लागि ५० लाख छुट्याएको मन्त्रालयले जनाएको छ ।

दुई वा सो भन्दा बढि जिल्लामा जोडिएर रहेका गन्तब्यहरू नयाँ १३ वटा र स्थापित ८ वटा गरेर २१ वटा गन्तब्यहरू पर्यटन विभागले हेर्ने गरी काम अगाडि बढाएको छ । सरकारले प्रतिगन्तब्य एक आर्थिक वर्षमा ५० लाख रुपैयाँका दरले बजेट छुट्याएको छ । उक्त बजेट खर्च गर्ने जिम्मेवारी भने स्थानीय तहको हो ।

यस्ता छन् १०० गन्तब्य

तिङबुङ पोखरी (ताप्लेजुङ), गूरु फाल्गुनन्द सर्किट (पाँचथर), फिक्कल-कन्याम- श्री अन्तु सर्किट (इलाम), तीनजुरै–मिल्के–जलजले (तेह्रथुम), बालेश्वर ऐतिहासिक गुफा (संखुवासभा), हलदे पटकेडाँडा ट्रेल (धनकुटा), ट्याम्केडाँडा (भोजपुर), बराह पोखरी (खोटाङ), पाँचपोखरी (सोलुखुम्बु), थोलेदम्बा डाँडा (ओखलढुंगा), उदयपुरगढी (उदयपुर), शहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र (झापा),  धनपालगढी पर्यटकीय क्षेत्र (मोरङ), पिण्डेश्वर–दन्तकाली पदमार्ग (सुनसुरी), सहलेस दरवार पर्यटन क्षेत्र (सिरहा), नाडी ताल (सर्लाही, धनेश्वर महादेव पर्यटन विकास क्षेत्र (धनुषा), जलेश्वर मन्दिर (महोत्तरी), मरघर सिमसार क्षेत्र, पतौरा पुरात्वात्विक महादेव मन्दिर (रौटहट), सिम्रौनगढ (बारा), घडीअर्वा पोखरी (पर्सा), छिन्नमस्ता (सप्तरी), जिरी शैलुङ पर्यटन पदमार्ग (दोलखा), सिन्धुलीगढी (सिन्धुली) सुनकोशी   याफ्टिङ (रामेछाप), महाभारत ट्रेल (काभ्रे), पाँचपोखरी (सिन्धपाल्चोक), कल्चेडी–झिल्केश्वर–देविघाट–भैरवी–दुप्चेश्वर सर्किट, तामाङ हेरिटेज ट्रेल (रसुवा), स्काई ट्रेल, रानीझरना क्यानोनिङ थाक्रे (धादिङ), बिस हजारी ताल, सोमेश्वर गढी पर्यटन विकास माडी, पटीयानी पर्यटकीय क्षेत्र (चितवन), मकवानपुरगढी (मकवानपुर), निलबाराही मन्दिर पार्क (भक्तपुर), दहचोक (काठमाडौं), नागदह पर्यटकीय क्षेत्र, गोदावरी फुलचोकी हाइकिङ (ललितपुर), चुमभ्याली (गोरखा), काउलेपानी (लमजुंग), तनहुँ कालिका, शहीद तथा शान्ती पार्क, सिद्धगुफा (तनहुँ), मौजा होमस्टे, सिक्लेश पर्यटकीय क्षेत्र, काहुँ धरहरा पर्यटकीय क्षेत्र (कास्की), नार्फु ट्रेल (मनाङ), लोमाङथाङ दरवार र गुफा क्षेत्र (मुस्ताङ), दूर्लुङ क्यानोनिङ, केभिङ र होमस्टे, महाशिला (पर्वत), सतौ–चण्डीमालिका क्षेत्र, आलमदेवि (स्याङ्जा), भकुण्डे भैरवस्थान गाजाको दह, ढोर पाटन आरक्षण क्षेत्र (बागलुङ), दाउन्नेदेवि (नवलपरासी पूर्व), रामग्राम, कन्चनगडी (नवलपरासी पश्चिम), घोरेपानी पर्यटकीय क्षेत्र (म्याग्दी) त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र (डोल्पा), डुडुल चैत्य (जुम्ला), लिमी उपत्यका पर्यटकीय स्थल (हुम्ला), रारा से फोक्सुन्डो पदमार्ग (मुगु), पाचाल झरना (कालिकोट), बडिकेदार धार्मिक पर्यटकीय क्षेत्र (डोटी), बाउन्नकोटी वनबाटिका, सैनामैना पर्यटकीय क्षेत्र (रुपेन्देही), जगदिशपुर ताल, सागरताल (कपिलवस्तु), तालपोखरा रम्भादेवि मन्दिर (पाल्पा), पाँणिनी तपोभूमि (अर्घाखाँची), रेसुंगा तपोभूमि, रुरु क्षेत्र, भगवती मन्दिर पर्यटकीय क्षेत्र (गुल्मी), जलजला (रोल्पा), रक गार्डेन, ओखरकोट डाँडा, झिमरुक (प्यूठान), बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र (दाङ), कम्मर शाह मजार धार्मिक पर्यटकीय क्षेत्र (बाँके), ओमकेदारेश्वर धाम धार्मिक पर्यटकीय स्थल, शिवमन्दिर धार्मिक पर्यटकीय स्थल (बर्दिया), कुभिन्डेदह (सल्यान), सूर्यकोट मस्तादेवि पर्यटन क्षेत्र (अछाम), मालिकार्जुन (दार्चुला), सिद्धनाथ उदयदेव धार्मिक स्थल पाटन (बैतडी), अमरगढी–उग्रतारा (डडेलधुरा), रौटेला झम्केली ब्रह्मादेवधाम धार्मिक विकास क्षेत्र (कंचनपुर), बन्दा ताल, कोटीहोम पर्यटकीय क्षेत्र (कन्चनपुर), बर्दगोरिया मन्दिरधाम (कैलाली), खलंगा दरबार क्षेत्र (जाजरकोट), कोतगढी–पञ्चदेवल–वेलासपुर–महावु पर्यटकीय विकास (दैलेख), जाजुरा दह, गिद्देडाँडा (सुर्खेत), वोतामकोट चित्री पाटन शाहसिक पदमार्ग (रुकुम पश्चिम), कोल्टी–बुढीगंगा–बढीमालिका पदमार्ग (बाजुरा), पाठपालि मन्दिर धार्मिक क्षेत्र (बझाङ)

प्रतिक्रिया दिनुहोस