आज पनि नेप्सेमा झिनो अंकको गिरावट - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

आज पनि नेप्सेमा झिनो अंकको गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise bank
आज पनि नेप्सेमा झिनो अंकको गिरावट
LBEF
NCH-IPS

 काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.३३ अंकले गिरावट भएकोे छ । आज नेप्से ११३२.४० बिन्दूमा झरेको छ । कुल १४५ वटा कम्पनीका ६ लाख ८ हजार कित्ता शेयर १६ करोड ४३ लाख रुपैयाँभन्दा केही बढीको मात्रै कारोबार भएको छ । 

आज कारोबारमा आएका समूहमध्ये बैकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादन समूहमा गिरावट आएको छ भने बाँकी समूह बढेका छन् । यस दिन पनि प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ । केही दिनदेखि प्रभु बैंकको सबैभन्दा कारोबार हुँदै आएको छ । आज यस बैंकको एक करोड ८९  लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आएको दिन घोडीघोडा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । त्यस्तै एभरेष्ट बैंकका संस्थापक लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस