थापाथलीमा बन्ने फ्लाई ओभरको फिजिकल रिपोर्ट आयो - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

थापाथलीमा बन्ने फ्लाई ओभरको फिजिकल रिपोर्ट आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise bank
थापाथलीमा बन्ने फ्लाई ओभरको फिजिकल रिपोर्ट आयो
LBEF
NCH-IPS

ललितपर । ललितपुर महानगरपालिकाले फ्लाई ओभरको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ । महानगरले निर्माण गर्न लागेको फ्लाई ओभरको पहिलो चरणको रिपोर्ट आएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जाकारी दिए ।  महानगरले निर्माण गर्न लागेको फ्लाई ओभरको फिजिकल रिपोर्टमा फ्लाई ओभर निर्माण गर्न सकिने सम्भावना देखिएकाले यस विषयमा अध्ययन भइरहेको उनले बताए ।

महानगरले  पुलचोकदेखि थापाथली जोड्ने फ्लाईओभरको काम आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ । सो स्थानमा १.४ किलोमिटरको  फ्लाईओभर निर्माण गर्न लागिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताएका छन् । फ्लाइओभर निर्माणको लागि ४ देखि ५ अर्ब रुपैयाँ खर्च लाग्ने महर्जनको भनाइ छ । फ्लाईओभर निर्माण गर्दा थापाथली इन्जिनियरिङ क्याम्पसको जग्गा पनि पर्ने सम्भावना रहेको छ । महर्जनले भने–‘पुलचोकको फ्लाइओभरको डिजाइन निर्माण भइसकेको छ । 

उक्त फ्लाईओभर लगेर त्रिपुरेश्वरमा सरकारले बनाउन लागेको फ्लाईओभरमा जोड्ने योजना रहेको छ, फ्लाईओभर राख्यो भने जाम र दुर्घटना कम हुन्छ भन्ने उद्देश्यले महँगो भए पनि फ्लाईओभर निर्माण गर्न लागेको महानगरले जनाएको छ ।  त्यस्तै महानगरले हरिसिद्धि, एकान्तकुना, सातदोबाटो, ग्वार्कोमा पनि फ्लाईओभर निर्माण गर्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ । 
 
 

प्रतिक्रिया दिनुहोस