सनराइज बैंकले ऋणपत्र जारी गर्ने - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

सनराइज बैंकले ऋणपत्र जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise bank
सनराइज बैंकले ऋणपत्र जारी गर्ने
LBEF
NCH-IPS

काठमाडौं । सनराइज बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बंैकले हजार रुपैयाँ अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा अर्धवार्षिक रmपमा भुक्तानी गर्ने गरी ३ अर्ब रकम बराबरको ऋणपत्र जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको हो । 

स्वीकृत ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने तथा एक अर्ब ८० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधिबाट  संस्थागत/व्यक्तिलाई बिक्री  गरिने बैंकले जनाएको छ । सो ऋणपत्रको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल प्रबन्धक रहेको छ । यो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाबाट धितो राखी कर्जासमेत लिन सकिनेछ । 


यस ऋणपत्रलाई केयर रेटिङ नेपालले न्यून कर्जा जोखिम जनाउने केयर एनपी–ए रेटिङ प्रदान गरेको छ । यस ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम् ३ लाख कित्ताको लागि आवेदन गर्न पाउनेछन्  ।
 

प्रतिक्रिया दिनुहोस