१६ अर्बको लागतमा नागढुङ्गा-मुग्लिन सडक छ लेनको बन्दै - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

१६ अर्बको लागतमा नागढुङ्गा-मुग्लिन सडक छ लेनको बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise bank
१६ अर्बको लागतमा नागढुङ्गा-मुग्लिन सडक छ लेनको बन्दै
LBEF
NCH-IPS

काठमाडौं । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा-मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ ।

सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ। 

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिए । 

यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उनले भने, “जुनमा यी दुवै सम्झौता गरिए पनि त्यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया, ठेक्कापट्टाको बोलपत्र लगायतका काम पूरा गरिनेछ ।”

आगामी महिना बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताउँदै उनले आवश्यक पूर्वतयारी पूरा गरेर मात्र निर्माण सम्झौता र ऋण सम्झौता एकैसाथ गरिने मौखिक समझदारी विश्व बैङ्कसँग भएको जानकारी महाशाखा प्रमुख थापाले दिए। सडक निर्माण भएको पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । 

करिब १६ अर्ब रुपियाँको लागतमा यो सडकखण्ड विस्तार हुन लागेको हो । यस सडकखण्डको विस्तार अवधि तीन वर्षको हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस