एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
LBEF

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७  लागि  मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान एमबिबीएस १०० र  बिडीएस ५०० पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबिबीएस ६५, काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल ९एमबिबीएस ८५ र  बिडीएस ५००, नोबेल मेडिकल कलेज एमबिबीएस १०० र  बिडीएस ३५० ले सिट प्राप्त गरेका छन् ।

यसैगरी विराट मेडिकल कलेज एमबिबीएस ७५, काठमाडौँ मेडिकल कलेज एमबिबीएस १०० र  बिडीएस ५००, नेपाल मेडिकल कलेज एमबिबीएस १०० र  बिडीएस ५००, कलेज अफ मेडिकल साइन्सेस एमबिबीएस १०० र  बिडीएस ५०० र लुम्बिनी मेडिकल कलेज एमबिबीएस १००, नेपालगञ्ज मेडिकल कलेज एमबिबीएस १००, मनिपाल मेडिकल कलेज एमबिबीएस १००, देवदह मेडिकल कलेज एमबिबीएस ५० र कान्तिपुर डेन्टल कलेज बिडीएस ५०० को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ ।

नयाँ शुल्क निर्धारण 

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो । आयोगको  असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६÷७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो । उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो  । त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र  ३८ लाख ५० हजार रुपैयाँ  र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा  बिडीएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो ।

प्रतिक्रिया दिनुहोस