बिरामीको मृत्युपछि चितवन मेडिकल कलेज तनावग्रस्त, १२ जना नियन्त्रणमा - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

बिरामीको मृत्युपछि चितवन मेडिकल कलेज तनावग्रस्त, १२ जना नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
Sunrise
बिरामीको मृत्युपछि चितवन मेडिकल कलेज तनावग्रस्त, १२ जना नियन्त्रणमा
LBEF

चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको निधन भएपछि तनावग्रस्त बनेको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञवालीको पिनासकाे सल्यक्रिया पश्चात उपचारको क्रममा अस्पतालमा निधन भएको थियाे ।

मृतकका श्रीमान टुकनारायण ज्ञवालीका अनुसार शल्यक्रियापछि आशाको अवस्था बिग्रदै गयो र शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उपचारमा अस्पतालबाट लापरवाही भएको भन्दै आइतबार दिउँसोबाट अस्पतालको अगाडी विरोध प्रदर्शन गरेका थिए। आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको थियो।

 कुरा नमिलेपछि बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका हुन । २०० जनाको संख्यामा भेला भएका मृतकका आफन्तले ढुङगा मुडा गरी अस्पतालको झ्यालको सिसाहरु फुटाएक थिए । सोही क्रममा प्रहरीतर्फ ५ जना सामान्य घाईते भएका छन् । ढुङगा मुडा गर्ने १२ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस