इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना - Aarthiknews
aarthiknews.com आइतबार, ०१ मंसिर २०७६   Sunday, 17 November, 2019
 
Bajaj_Bike

इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
Sunrise bank
इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना
LBEF
NCH-IPS

आदिस अबाबा । चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ । कम्पनीले अफ्रिका समेतका अन्य मुलुकमा कपडा निर्यात गर्ने मुख्य उद्देश्यका साथ उक्त कारखाना स्थापना गरिएको जनाएको छ । इथियोपियाको पूर्वी डायर डावा शहरमा स्थापना गरिएको उक्त नवनिर्मित कारखानाको शुक्रबार एक समारोहबीच उदघाटन गरिएको छ ।

कम्पनीले यहाँबाट उत्पादित सम्पूर्ण लत्ताकपडा र टेक्स्टाइल शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने जनाएको छ । यहाँबाट उत्पादित सामग्री खासगरी युरोप, उत्तर अमेरिका र एसिया समेतका मुलुकमा निर्यात गर्ने कम्पनीको तयारी छ ।उक्सी टेक्स्टाइलका महाप्रबन्धक झाङ शेङमिङले कारखानाले तीन हजार ५०० लाई रोजगारी उपलब्ध गराउन सक्ने बताउनुभयो । सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस