नक्कली सुन ५० लाखमा विक्री गराउन  खोज्ने छ पक्राउ - Aarthiknews
aarthiknews.com आइतबार, ०१ मंसिर २०७६   Sunday, 17 November, 2019
 
Bajaj_Bike

नक्कली सुन ५० लाखमा विक्री गराउन  खोज्ने छ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
Sunrise bank
नक्कली सुन ५० लाखमा विक्री गराउन  खोज्ने छ पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ जना आज पक्राउ परेका छन् । आज अपराह्न कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ  ५० लाख रुपैयाँमा बिक्री गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँ कपन बस्ने ४१ वर्षका मङगले तामाङ, सोही ठाउँ बस्ने २६ वर्षका सुजन रसौली, विष्णुबहादुर राउत, नवराज राउत र रोशन बुढामगर तथा सोही ठाउँ घर भई हाल ललितपुर सानागाँउ बस्ने २३ वर्षीय किरण लामा पक्राउ परेका प्रहरीले जनाएको छ । 

उपभोक्ताले सुन खरीद गर्न तयार गरेको रु पाँच लाखसहित सुन लिन मोलतोल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बोगटीले जानकारी दिनुभयो । उनीहरुका साथबाट एक किलो नक्कली सुन र छ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस