महरालाई अनुसन्धानको लागि थप ५ दिन हिरासतमा राखिने - Aarthiknews
aarthiknews.com आइतबार, ०१ मंसिर २०७६   Sunday, 17 November, 2019
 
Bajaj_Bike

महरालाई अनुसन्धानको लागि थप ५ दिन हिरासतमा राखिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
Sunrise bank
महरालाई अनुसन्धानको लागि थप ५ दिन हिरासतमा राखिने
LBEF
NCH-IPS

काठमाडौँ । बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत, काठमाडौंले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ  । आइतबार थुनछेक बहसका लागि अदालत लगिएका उनले त्यहाँ लिखित बयान पेश गरेपछि अदालतको ३१ न. इजलासले यस्तो आदेश दिएको हो ।

आइतबार दिनभर सरकारी वकिल कार्यालयमा उनको बयान लिएपछि अदालतमा साँझ  पेश गरिएको थियो । उनको लिखित बयान प्राप्त गरेको २० मिनेटपछी साँझ ६:२० मा अदालतले उनलाई थप ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि यसबीच अस्पताल भर्ना गरिएको थियो । १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ परेका उनले यसअघि स्वास्थ्यकै कारण देखाउदै  बयान दिन नसक्ने  बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस