धेरै कम्पनीको कारोबार रोकिँदा नेप्सेमा प्रभाव, कारोबार ११ करोडमा मात्रै सीमित - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

धेरै कम्पनीको कारोबार रोकिँदा नेप्सेमा प्रभाव, कारोबार ११ करोडमा मात्रै सीमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
Sunrise
धेरै कम्पनीको कारोबार रोकिँदा नेप्सेमा प्रभाव, कारोबार ११ करोडमा मात्रै सीमित
LBEF

 काठमाडौं । ठूलो संख्यामा सूचीकृत कम्पनीहरुको कारोबार रोकिएको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नवीकरण शुल्क नबुझाएका कारण केही ठूला सूचीकृत कम्पनीको कारोबार रोकिएको थियो । जसकारण नेप्सेको कारोबारमा समेत प्रभाव परेको छ । 
 साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.०३ अंकले गिरावट भएकोे छ । आज नेप्से ११३३.७१ बिन्दूमा झरेको छ । कुल १२८ वटा कम्पनीका ४ लाख २१ हजार कित्ता शेयर ११ करोड ३३ लाख रुपैयाँभन्दा केही बढीको मात्रै कारोबार भएको छ । 
आज कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । यस दिन प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ । बिहीबार पनि प्रभु बैंकको सबैभन्दा कारोबार भएको थियो । आज यस बैंकको एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आएको दिन एनआईबीएल प्रगति फन्डका लगानीकर्ताले कमाएका छन् । यस योजनाको शेयर मूल्य करिब ४ प्रतिशतले बढेको छ । त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस