ऋण जुटाउन ७ अर्बको ट्रेजरी बिल निष्कासन गर्दै राष्ट्र बैंक - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

ऋण जुटाउन ७ अर्बको ट्रेजरी बिल निष्कासन गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
Sunrise
ऋण जुटाउन ७ अर्बको ट्रेजरी बिल निष्कासन गर्दै राष्ट्र बैंक
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि २० करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल माघ ७ गते परिपक्व हुनेछ ।

१८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल २०७७ बैशाख ९ गते परिपक्क हुन्छ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी २०७७ कात्तिकमा परिपक्क हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस