मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
Sunrise
मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य
LBEF

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल रेमिट बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार  एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । 

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र नेपाल रेमिटका तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका छन् । 

मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । 

यस अभियान अन्तर्गत भाग्यशाली विजेताहरुमध्ये १ जनालाई स्कुटी, ३ जनालाई ल्यापटप, ५ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई ३२’’ टि.भी., १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई ब्लुटुथ स्पिकर प्रदान गर्ने बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस